पानीको तापक्रम बढेका कारण अमेजनमा १०० भन्दा बढी डल्फिन मृत फेला « Khabarhub

पानीको तापक्रम बढेका कारण अमेजनमा १०० भन्दा बढी डल्फिन मृत फेला


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

साओ पाउलो- गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् ।

ब्राजिलको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको अनुसन्धान समूह दि मामिराउआ इन्स्टिच्युटले टेफे ताल वरपरको क्षेत्रमा सोमबार थप दुई वटा मृत डल्फिन फेला परेको जनाएको छ ।

उक्त ताल यस क्षेत्रका जलचर स्तनधारी र माछाहरूका लागि प्रमुख क्षेत्र हो । उक्त संस्थाले उपलब्ध गराएको भिडियोमा गिद्धहरूले मृत डल्फिनलाई टिपेको देखाइएको छ । स्थानीय सञ्चारमाध्यमअनुसार हजारौँ माछा पनि मरेका छन् । त्यस क्षेत्रका तालहरूमा पानीको तापक्रम उच्च रहेका कारण डल्फिन र माछाहरू मरेको हुनसक्ने विज्ञहरूले विश्वास गरेका छन् ।

टेफे ताल क्षेत्रम गत सातायता तापक्रम बढेर ३९ डिग्री सेल्सियससम्म पुगेको छ । गत साता ब्राजिल सरकारको चिको मेन्डेस जैविक विविधता संरक्षण संस्थाले मृत डल्फिनको अनुसन्धान गर्न पशु चिकित्सक र जलचर स्तनधारी विज्ञहरूको टोली पठाएको थियो । टेफे तालमा करिब एक हजार चार सय डल्फिन रहेको मामिराउआ इन्स्टिच्युटका मिरियम मार्मोन्टेलले बताए ।

“एक हप्तामा करिब एक सय २० जीवजन्तु गुमाइसकेका छौँ जसले कूल सङ्ख्याको पाँचदेखि १० प्रतिशत हिस्सा प्रतिनिधित्व गर्छ”, उनले भने । सुक्खा खोलाहरूबाट खोला किनारका प्रभावित समुदायहरूले गत सातादेखि डल्फिनका शवहरू फेला पारेका छन् ।

खडेरीका कारण अमेजनका गभर्नर विल्सन लिमाले शुक्रबार सङ्कटकाल घोषणा गरेका थिए । करिब ६० हजार जनसङ्ख्या रहेको टेफे सहरका मेयर निक्सन मारिराले खोलाहरू सुकेका कारण केही पृथक समुदायलाई खाद्यान्न सिधै पुर्‍याउन नसकेको बताए ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १२ : ५७ बजे

कङ्गोमा इबोला प्रकोप : विश्व स्वास्थ्य सङ्गठनद्वारा सङ्कटकाल घोषणा

किन्शासा– कङ्गो लोकतान्त्रिक गणतन्त्रमा तीव्र रूपमा फैलिएको घातक इबोला सङ्क्रमणले

स्कटल्यान्डविरुद्ध जवाफी ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा गुमायो

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी १०६औं एकदिवसीय

माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर आज

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौं– चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको सर्वोच्च

८ गतदेखि काठमाडौंमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने

काठमाडौं– नेपाल हस्तकला महासंघको आयोजनामा जेठ ८ गतदेखि काठमाडौंमा नेपाल