कुशेमा सौर्य मिनिग्रेट निर्माण गरिने  « Khabarhub

कुशेमा सौर्य मिनिग्रेट निर्माण गरिने 


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण गरिने भएको छ । केन्द्रीय प्रसारण लाइन तत्काल पुर्‍याउन नसक्ने ठाउँमा विद्युतीकरण गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुुर बस्नेतले कुशे–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण हुन लागेको बताए।

करिब ८५ किलोवाट क्षमताको विद्युत् उत्पादन गरी यहाँका सर्वसाधारणलाई उज्यालो दिने उद्देश्यले ठेक्का खोलिएको मन्त्री बस्नेतले बताए । चाल्चामा सौर्य मिनिग्रेट निर्माण गर्नका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ठेक्का खोलेसँगै यस क्षेत्रका सर्वसाधारण खुसी भएका छन् ।

कुशे केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्न नसकेको ठाउँमध्येमा पर्दछ । योभन्दा अगाडि कुशे–८ कै ठाँटीचौरमा समेत मिनिग्रेट निर्माण भएर विद्युत् सेवा सञ्चालन भइसकेको छ । 

जुनिचाँदे गाउँपालिकाको जुनी सौर्य मिनिग्रिड आयोजना (३५ किलोवाट) र कुशे ठाँटिकाँध सौर्य मिनिग्रिड आयोजना (एक सय ६० किलोवाट) निर्माण सम्पन्न भएका छन् । नलगाड नगरपालिका–८ मसिरी सौर्य मिनिग्रिड आयोजना (१८ किलोवाट) निर्माणाधीन अवस्थामा रहेको छ । बारेकोट गाउँपालिका–५ तोलखानामा एक सय ७० किलोवाटको सौर्य मिनिग्रेट विद्युत् उत्पादन भएर सुरु भएको छ ।

जिल्लालाई दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने उद्देश्यले रु तीन अर्बको ठेक्का लागेर चार ठाउँमा सबस्टेशनसमेत निर्माण कार्य जारी रहेको छ । पश्चिम जाजरकोटका लागि बडावन, पूर्वी जाजरकोटका लागि चौखा, मध्य जाजरकोटका लागि समाइलामा सबस्टेसन निर्माण कार्य जारी रहेको छ ।

 कुदु सबस्टेसन निर्माण कार्य सम्पन्न भइसकेको छ भने चौखाको अन्तिम चरणमा पुगेको छ । 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १ : १० बजे

विश्वकप लिग-२: पहिलो खेलमा आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन ५ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र