माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिवद्धता « Khabarhub

माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिवद्धता


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

मलेखु – माछामा खानै नमिल्ने रङ्ग मिसाउने गरेको कुरा चर्चामा आएपछि मलेखुका माछा बिक्री गर्ने होटल व्यवसायीले अखाद्य रङ्गको प्रयोग हटाउन थालेका छन् । गजुरी गाउँपालिका–२स्थित मलेखुको मजुवा बजारका होटल तथा माछा पसलेहरुले अब आइन्दा माछा तथा अन्य खानामा रङ्गको प्रयोग नगर्ने सामूहिक प्रतिवद्धता जनाएका हुन् ।

‘कालो देखिएको रङ्ग प्रयोग नगरिएको फ्रेस माछा हो’, व्यवसायी जीवन अधिकारीले भन–’रङ्ग दलेर रातो आकर्षक बनाइएका कहिकतै देख्नुभयो भने पनि नखानुहोला । किनकी त्यसमा पकाएर खानै नमिल्ने अखाद्य वस्तुको मिसावट हुनसक्छ ।’ त्यस्ता आकर्षक बनाएर राखिएका माछामा अखाद्य वस्तु मिसावट हुने पुष्टि भएपछि स्थानीय होटल व्यवसायी र माछा व्यवसायीले अबदेखि त्यस्ता रङ्गको प्रयोग ठप्पै पार्ने अभियान थालिसकेका छन् । 

अनुगमनकारी निकायहरूलाई नै साक्षी राखेर व्यवसायीहरूले अज्ञानताका कारण माछा राम्रो देखाउन रङ्गको प्रयोग गरेको र त्यसले मानव स्वास्थ्यमा पर्ने असर थाहा भएपछि आफूहरूले सचेत भएर रङ्गको प्रयोग हटाउने अभियान थालिएको उनको भनाइ थियो। 

मजुवा बजारमा ४५ वटा माछा बिक्री गर्ने होटल तथा पसल छन् । सबै व्यवसायीहरूले रङ्ग हटाउने सामूहिक निर्णय नै गरेका छन् ।मूल्यमा पनि एकरूपता कायम गर्ने र अटेर गरी राज्यले तोकेको मापदण्ड विपरित रङ्ग प्रयोग तथा अन्य काम गर्नेहरूलाई व्यवसायीहरू आफैले पनि कारबाही प्रकृया अगाडि बढाउने निर्णय गरेका छन् ।

माछा व्यवसायीले सामूहिक प्रतिवद्धता गरेर सधैंका लागि रङ्गको प्रयोग हटाउने निर्णय गरेसँगै नियामक निकाय पनि सकारात्मक बनेको छ । व्यवसायीहरुले बुझाएको प्रतिवद्धतापत्र बुझ्दै जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले व्यवसायीहरुले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको पाइए आगामी दिनमा कानूनअनुसार कडा कारबाही गरिने बताए ।

‘रङ्ग दलेर आकर्षक बनाउने चलन नआउँदै पनि मलेखुको माछा वर्षौदेखि देशभर प्रख्यात थियो । सबैले मिठो मानेर खान्थे । रङ्ग मिसाएर रातो बनाउन थालेपछि पनि स्वाद फेरिएको थिएन’, होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण सिलवालले भने–‘वर्षौदेखि प्रख्यात रहेको मलेखुको माछामा राम्रो देखाउनकै लागि हानिकारक रङ्ग मिसावट गरेको खबरले देश विदेशमा समेत मलेखुकै नाम बदनाम भएकोप्रति व्यवसायी दुखित बनेका छन्’, उनले भने।

माछाका थरीथरी परिकार पकाएर चाख्दा चाख्दै उपभोक्ताभन्दा जोखिममा व्यवसायी नै परिरहेको थाहा पाएपछि ती व्यसायीले रङ्ग नमिसाउने सामूहिक प्रतिवद्धता गरे पनि पेट्रोलपम्प क्षेत्रका व्यवसायीले भने सामूहिक प्रतिवद्धता गर्न सकेका छैनन् । फुर्केखोला क्षेत्रका व्यवसायीले झनै अटेर गरिरहेको उपभोक्ताहरुको गुनासो छ । 

अखाद्य वस्तुको मिसावट चटक्कै छोडेर सफा र मिसावटरहित माछा बिक्री वितरण गर्न सके मलेखुको माछा बजार पहिलेजस्तै प्रख्यात बन्नेछ र व्यवसायले पनि पुरानै गति लिनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  २ : ०५ बजे

बालजु प्रहरी कार्यलय पुगे पूर्वगृहमन्त्री गुरुङ

काठमाडौं- पूर्वगृहमन्त्री सुदन गुरुङ बालजु प्रहरी कार्यलय पुगेका छन् ।

रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैन : वर्षमान 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन

अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु

सिड्नी- पश्चिमी अष्ट्रेलियाको दक्षिणी तटमा शनिबार सार्कले आक्रमण गर्दा एक

रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता

रसुवा– हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन तथा लाङटाङ क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान

देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री 

धादिङ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक