चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी « Khabarhub

चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चाडपर्वमा खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अस्वभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्ने जस्ता अनुचित कार्य नगर्न-नगराउन सम्पूर्ण उद्योगी व्यवसायीको ध्यानाकर्षणसमेत गराएको छ।

बैठकले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्तिलाई कानूनबमोजिम कडा कारबाहीका लागि कोही कसैसँग सूचना भए हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्रि नम्बर ११३७ मा सूचना दिनपनि आग्रह गरेको छ।

त्यस्तै बैठकले उपभोग्य वस्तुको बिक्री वितरणसँगै सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर शपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रलाई थप सक्रिय र क्रियाशील बनाइ बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

बैठकले कृत्रिम अभाव सिर्जना गर्ने, अस्वभाविक नाफाखोरी गर्ने र अस्वभाविक मूल्यवृद्धि गरी कालोबजारी संलग्न हुने जो कोहीलाई प्रचलित कानून बमोजिम कडा कारबाही गर्ने र सोको प्रतिवेदन सर्वसाधारण सबैको जानकारीका लागि सम्बन्धित निकायबाट दैनिक रुपमा सम्प्रेषित गर्न निर्देशन दिएको छ।

विचार तथा अभिव्यक्ति स्वतन्त्रता लगायत संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सकारात्मक तथा मर्यादित बनाउने सन्दर्भमा सामाजिक सञ्जाल सञ्चालक र प्रयोग कर्ताले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्ता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान, वा राष्ट्रिय हित वा संघीय एकाइबीचको सुसम्बन्धमा प्रतिकुल असर हुनेगरी वा वर्गीय, जातिय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै धारमा घृणा,द्वेष वा अवहेलना हुने कुनै काम कारबाही नगर्न नगराउनु हुन एवं विभिन्न जातजाति वा सम्प्रदायबीको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न नगराउन पनि आग्रह गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले मन्त्रिपरिषद्को बैठकले विशेष अदालत सम्बन्धी नियमावली, २०८० स्वीकृत गर्ने, व्यवस्थापन तथा नियमन विधेयक, २०८० संघीय सरकारमा पेस गर्ने स्वीकृति दिने, शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० पनि संघीय सरकारमा पेस गर्न स्वीकृति दिने निर्णयसमेत गरेको जानकारी दिइन्।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ७ : ५९ बजे

नयाँ दिल्ली पुगे परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका क्रममा आज नयाँ

बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना

काठमाडौं– गृह मन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ

दुई भन्सारबाट भित्रिएका ७७५ ईभी पाँच जिल्ला पुगेपछि किन समातिए ?

काठमाडौं- सीमा र भन्सार सुरक्षाको जिम्मा पाएको सशस्त्र बलले बुधबार

बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव

काठमाडौं– सरकारले बाँदर तथा अन्य वन्यजन्तुले कृषि बालीनालीमा पुर्‍याइरहेको क्षति

‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’

बरहथवा– मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सबैसँग सहकार्य गरी विपद्