भक्तपुरमा बजार अनुगमन, म्याद नाघेका सामान नष्ट « Khabarhub

भक्तपुरमा बजार अनुगमन, म्याद नाघेका सामान नष्ट


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको कमलविनायकमा रहेको मिनीमार्ट र खाद्य पसलहरूको मंगलबार अनुगमन गरिएको छ ।

अनुगमनमा क्रममा लेबल नभएको सामानहरू धेरै भेटाएको संयोजक गोराले बताए । उनका अनुसार अनुगमनमा सर्वसुलभ उपभोक्ता सहकारी मिनी मार्टमा प्याकेजिङ सामानहरू खाद्य अनुज्ञा पत्र लिई लेबल राखी मात्र बिक्री वितरण गर्न र म्याद नाघेको सामानहरू जफत गरी नष्ट गरिएको छ ।

उनका अनुसार शिवम् ओम सप्लायर्सलाई प्याकेजिङ सामानहरू खाद्य अनुज्ञा पत्र लिई लेबल राखी मात्र बिक्रीवितरण गर्न, पसल नवीकरण गर्न, मूल्यसूची राख्न र सबै खाद्य अनुज्ञापत्र विना प्याकेजिङ सामानहरू सबै भएकाले तीन दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ भने एस एण्ड एस स्टोरलाई नवीकरण गर्न, म्याद नाघेको सामानहरू दत्तात्रय खाद्य उद्योगको सोयाबोडी मस्यौरालगायत जफत गरिएको थियो ।

अनुगमनमा कार्यपालिका सदस्यहरू, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसरका प्रहरी, उद्योग वाणिज्य संघ, भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।  

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ७ : ०४ बजे

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सक्नेबित्तिकै संसद्‍बाट हिँडे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्

बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको विपत्तिको घटना अहिलेसम्मकै ठुलो