जुम्लामा स्याउ ग्रेडिङ मेशिन सञ्चालन « Khabarhub

जुम्लामा स्याउ ग्रेडिङ मेशिन सञ्चालन


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जुम्ला– यहाँ पहिलो पटक स्याउ प्रशोधन तथा स्याउ ग्रेडिङ मेशिन सञ्चालनमा आएपछि स्याउ किसानलाई राहत पुग्ने भएको छ । गुठिचौर गाउँपालिका-५ स्थित गुठीचौर एग्रो फार्म प्रालिले ग्रेडिङ मेशिन ल्याएर स्याउको प्रशोधन कामको थालनी गरेको छ ।

स्याउको गुणस्तरमा यहाँका किसानले खासै चासो देखिएको पाइँदैन । स्याउको प्रशोधन, प्याकेजिङ र लेबलिङ लगायतका विषयमा ख्याल नगर्दा बजारमा कम गुणस्तरको स्याउ गइरहेको छ । अब उक्त मेशिनले स्याउको ग्रेडिङ गरेर जुम्ली स्याउको गुणस्तरियता र उच्च गरिमा बढ्ने पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए।

गुठीचौर एग्रो फार्मले उच्च घनत्वको स्याउ ३८ हजार बिरुवा रोपेको छ । यस वर्ष दुई लाखभन्दा बढी किलो स्याउ उत्पादन हुने अनुमान गरिएको एग्रो फार्म प्रालिका सञ्चालक मीनबहादुर भण्डारीले बताए । ग्रेडिङ मेशिनले सुपर, ग्रेड ‘ए’, ‘बी’ र ‘सी’ आकारमा ग्रेडिङ गर्नेछ । 

ग्रेडिङ मेशिनले गुठिचौर एग्रो फार्म प्रालिको बगैँचाको स्याउ मात्रै ग्रेडिङ नगरी जिल्लाका आसपासका किसानहरूको समेत स्याउ ग्रेडिङ गरिने एग्रो फार्म प्रालिका सञ्चालक भण्डारीको भनाइ छ। 

जिल्लामा कूल चार हजार दुई सय ५० हेक्टरमा स्याउको खेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । यसअघि जिल्लामा ग्रेडिङ मेशिन नहुँदा स्याउको ग्रेडिङ हुन सकेको थिएन । 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  २ : ३७ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री