जुम्लामा स्याउ ग्रेडिङ मेशिन सञ्चालन « Khabarhub

जुम्लामा स्याउ ग्रेडिङ मेशिन सञ्चालन


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जुम्ला– यहाँ पहिलो पटक स्याउ प्रशोधन तथा स्याउ ग्रेडिङ मेशिन सञ्चालनमा आएपछि स्याउ किसानलाई राहत पुग्ने भएको छ । गुठिचौर गाउँपालिका-५ स्थित गुठीचौर एग्रो फार्म प्रालिले ग्रेडिङ मेशिन ल्याएर स्याउको प्रशोधन कामको थालनी गरेको छ ।

स्याउको गुणस्तरमा यहाँका किसानले खासै चासो देखिएको पाइँदैन । स्याउको प्रशोधन, प्याकेजिङ र लेबलिङ लगायतका विषयमा ख्याल नगर्दा बजारमा कम गुणस्तरको स्याउ गइरहेको छ । अब उक्त मेशिनले स्याउको ग्रेडिङ गरेर जुम्ली स्याउको गुणस्तरियता र उच्च गरिमा बढ्ने पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए।

गुठीचौर एग्रो फार्मले उच्च घनत्वको स्याउ ३८ हजार बिरुवा रोपेको छ । यस वर्ष दुई लाखभन्दा बढी किलो स्याउ उत्पादन हुने अनुमान गरिएको एग्रो फार्म प्रालिका सञ्चालक मीनबहादुर भण्डारीले बताए । ग्रेडिङ मेशिनले सुपर, ग्रेड ‘ए’, ‘बी’ र ‘सी’ आकारमा ग्रेडिङ गर्नेछ । 

ग्रेडिङ मेशिनले गुठिचौर एग्रो फार्म प्रालिको बगैँचाको स्याउ मात्रै ग्रेडिङ नगरी जिल्लाका आसपासका किसानहरूको समेत स्याउ ग्रेडिङ गरिने एग्रो फार्म प्रालिका सञ्चालक भण्डारीको भनाइ छ। 

जिल्लामा कूल चार हजार दुई सय ५० हेक्टरमा स्याउको खेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । यसअघि जिल्लामा ग्रेडिङ मेशिन नहुँदा स्याउको ग्रेडिङ हुन सकेको थिएन । 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  २ : ३७ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र