नेपाल टेलिकमले सञ्चालनमा ल्यायो नेपालको उत्तर पश्चिमको अन्तिम बस्तीमा मोबाइल सेवा | Khabarhub Khabarhub

नेपाल टेलिकमले सञ्चालनमा ल्यायो नेपालको उत्तर पश्चिमको अन्तिम बस्तीमा मोबाइल सेवा


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । मंगलबारदेखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब सो क्षेत्रका जनताले सहज रुपमा आफ्नै मोबाइलमार्फत टेलिफोन सेवा प्राप्त गर्न सक्ने भएका छन् ।

चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पुर्‍याएको थियो ।

पहिले सो क्षेत्रमा भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए । अब भने टिंकर क्षेत्रमा रहेका करिब ५ सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्नेछन् । योबाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरु समेत यसबाट लाभान्वित हुनेछन् ।

करिब ३ हजार ७ सय मिटरको उचाईमा अवस्थित टिंकर भारत सहितको त्रीदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिव ८० किलोमिटर दुरीमा अवस्थित छ । त्यहाँबाट करिव ८ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ ।

नेपाल टेलिकमले प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिंकरमा समेत सेवा सञ्चालनमा ल्याएको हो ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ५ : २४ बजे

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली

देउवा दम्पती पुगे विमानस्थल, सिंगापुरका लागि उड्नेछन् पौने ११ बजे

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जना बेपत्ता

जकार्ता – इन्डोनेसियाको पूर्वी कालिमान्टन प्रान्तमा १४ जना माझी बोकेको

सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर विदेशी पर्यटक घाइते

सोलुखुम्बु- सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर एक विदेशी पर्यटक घाइते