पाकिस्तानमा प्रहरीले नै भत्कायो अहमदिया मुसलमानको प्रार्थानास्थल | Khabarhub Khabarhub

पाकिस्तानमा प्रहरीले नै भत्कायो अहमदिया मुसलमानको प्रार्थानास्थल


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा अल्पसङ्ख्यक अहमदिया सम्प्रदायका मुसलमानको प्रार्थानास्थलमा प्रहरीले तोडफोड गरेको घटना सार्वजनिक भएको छ । पाकिस्तानको लाहोर सहरस्थित शेइखुपुरा जिल्लामा प्रहरीले नै अहमदिया सम्प्रदायका मुसलमानले प्रार्थाना गर्ने तीन स्थानमा तोडफोड गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

डन अखबारलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार शेइखुपुरा जिल्लाको किर्तो, नानो दोगर र बेदादपुर विक्रनमा रहेका अहमदिया प्रार्थानास्थलमा तोडफोडको घटना भएको हो ।

तोडफोडका कारण ती प्रार्थानास्थलको मिनारमा क्षति पुगेको एएनआईले जनाएको छ ।

यसअघि पनि पाकिस्तानका विभिन्न सहरहरुमा अहमदिया सम्प्रदायका मुसलमानको प्रार्थानास्थलमा तोडफोड भएको समाचार सार्वजनिक भएको थियो । शेइखुपुरा जिल्लाका अहमदियाहरुले जिल्ला प्रहरीले आफूहरुको प्रार्थानास्थल भत्काइदिएको र आवश्यक सुरक्षा प्रदान गर्न असफल भएको आरोप लगाएका छन् ।

पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ । पछिल्ला केही वर्षयता पाकिस्तानमा अहमदियाहरुको करिब १५० चिहान भत्काइएको जनाइएको छ ।

पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको एएनआईले जनाएको छ ।

 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १२ : ५६ बजे

शीतल निवासमा दुई मन्त्रीको शपथ (लाइभ)

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतल निवासमा नवनियुक्त दुईजना मन्त्रीको शपथ ग्रहण

पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

ओखलढुङ्गा– यहाँ सेप्ली झरना जाने झोलुङ्गे पुलमा माथिबाट खसेको ढुङ्गाले

थाई एशियाको भैरहवा-बैंकक उडान सुरु

भैरहवा– थाई एशिया एयरले बैंकक-भैरहवा-बैंकक उडान आजदेखि पुनः सुरु गरेको

खगेन्द्र र गणपतिलालको शपथ रोकियो, बब्लु र सुधामात्रै मन्त्री बन्दै

काठमाडौं- एकपछि अनेक विवाद र गम्भीर काण्ड सार्वजनिक भएपछि खगेन्द्र

महाराजगञ्ज वृत्तका दुई प्रहरीको हत्या : अहिलेसम्म १० जना समातिए, चारजना जेल चलान

काठमाडौं- गत भदौ २४ गते जेन-जीका नाममा भएको विध्वंसक आन्दोलनका