कुटपिटबाट श्रीमतीको मृत्यु, पक्राउ परे फरार श्रीमान् « Khabarhub

कुटपिटबाट श्रीमतीको मृत्यु, पक्राउ परे फरार श्रीमान्


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

विराटनगर- श्रीमतीको हत्या गरेर फरार रहेका व्यक्ति पक्राउ परेका छन् । असोज १३ गते शनिबार राति साढे ९ बजेतिर विराटनगर महानगर–१९ धनपुराका ३९ वर्षीय उपेन चौधरीले श्रीमती कुटपिट गरेको र गम्भीर घाइते भएकी श्रीमतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते चौधरीकी ३० वर्षीया श्रीमती जितनी सहनीको मृत्यु भएको हो । श्रीमती जितनीलाई धारिलो हतियारले टाउकोमा प्रहार गरेर गम्भीर घाइते बनाएको मोरङ प्रहरीले जनाएको छ ।

घटना भएसँगै फरार रहेका उपेनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरीको भनाइ छ । परेका चौधरीलाई जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दा कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : ४२ बजे

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ

आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह

काठमाडौं– औषधि व्यवस्था विभागले आयात गरिने स्वास्थ्य सामग्री तथा उपकरणको

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं– नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश

सुनको मूल्य सवा तीन लाख पुग्दा पनि बजारमा चहलपहल

काठमाडौं– नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको