तिब्बती बौद्ध मामिलामा हस्तक्षेप नगर्न चीनलाई युरोपेली बौद्ध संघको आग्रह « Khabarhub

तिब्बती बौद्ध मामिलामा हस्तक्षेप नगर्न चीनलाई युरोपेली बौद्ध संघको आग्रह


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपेली बौद्ध संघले चीनलाई तिब्बती बौद्ध मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ । युरोपेली बौद्ध संघले दलाई लामासहित अन्य वरिष्ठ लामाहरुको पुनर्जन्मबारे तिब्बती बौद्ध मामिलामा हस्तक्षेप नगर्न चीनसमक्ष आग्रह गरेको हो ।

दलाई लामाको पुनर्जन्मबारे निर्णय गर्ने अन्तिम अधिकार तिब्बती जनता र गान्देन फोद्राङमाझ निहीत रहेको भन्दै संघले यस विषयमा हस्तक्षेप नगर्न आग्रह गरेको टिबेट राइट्स नामक अनलाइन समाचार पोर्टलले जनाएको छ ।

उक्त समाचार पोर्टलका अनुसार दलाई लामा एवम् अन्य वरिष्ठ लामाहरुको चयन प्रक्रियाबारे तिब्बती परम्परामा स्पष्ट व्यवस्था रहेको संघले जनाएको छ । त्यसैगरी, चीनले छनौट गरेका लामालाई अस्वीकार गर्नसमेत संघले अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेको छ ।

संघले वर्तमान दलाई लामासँग वार्ताको माध्यम स्थापित गर्नसमेत चीनसँग आह्वान गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  २ : ५६ बजे

भारतको कूटनीतिक परीक्षणमा रविको उदय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पाँचदिने

भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

चितवन– यहाँस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न पत्रकारहरूको अध्ययन भ्रमण

गण्डकी– गण्डकी प्रदेशका ओझेलमा परेका तथा कम प्रचारप्रसार भएका पर्यटकीय

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा