कांग्रेस एकढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्छ : शेखर कोइराला « Khabarhub

कांग्रेस एकढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्छ : शेखर कोइराला


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस एकढिक्का भएर आगामी निर्वाचनमा एक्लै लड्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस गोरखा सहिदलखन–काठमाडौँ सम्पर्क समितिले विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले कांग्रेस एकढिक्का भएर अगाडि बढ्न आवश्यक रहेको बताए।

‘हामीले जनताका लागि सकारात्मक काम गर्दै गाउँमा आफ्ना साथीलाई पनि सम्झाउन सक्यौँ भने कसैले कांग्रेसलाई हराउन सक्दैन, हामी एकढिक्का हुन जरुरी छ’, उनले भने। नेता डा कोइरालाले अहिले देश अप्ठ्यारो स्थितिबाट अघि बढिरहेको भन्दै सरकारले समय, परिस्थिति अनुसार जनताका पक्षमा काम गर्न आवश्यक रहेको बताए। वर्तमान परिस्थितिलाई कांग्रेसबाहेक अरुले सम्हाल्न नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले कांग्रेसलाई अगाडि बढाउनका लागि सबै एक भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरे। कार्यक्रममा गोरखा क्षेत्र नं १ का सांसद राजेन्द्र बजगाईं, कांग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ, पूर्वसांसद प्रकाशचन्द्र दवाडीलगायतले गोरखामा कांग्रेसलाई बलियो बनाएर लैजानुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ४ : ०८ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स