इजरायलमा रहेका नेपालीको चित्कार : हामी त्रासमा छौँ, छिटो सुरक्षित ठाउँमा पुर्‍याइदेऊ « Khabarhub

इजरायलमा रहेका नेपालीको चित्कार : हामी त्रासमा छौँ, छिटो सुरक्षित ठाउँमा पुर्‍याइदेऊ


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्यालेस्टाइनी लडाकुको आक्रमणबाट आक्रान्त बनेको इजरालयमा रहेका एक नेपालीले जतिसक्दो छिटो आफूहरुलाई सुरक्षित स्थानमा पुर्‍याइदिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै इजरायलमा रहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई दाङमा आबद्ध विपिन सुवेदीले आफूलाई जतिसक्दो छिटो सुरक्षित स्थानमा पुर्‍याइदिन आग्रह गरेका हुन् ।

उनी सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूको नेतृत्व गर्दै उनी त्यहाँ पुगेका हुन् । सुवेदीलेको आफूहरुलाई तत्काल उद्धारका लागि प्रभावकारी पहल गर्न सरकारसँग आग्रह गरेका छन् । द्वन्द्व प्रभावित क्षेत्रमा सुवेदीले राजदूतावास र नेपाल सरकारले सम्पर्क सुत्रको काम गरिरहेको बताइएको छ ।

राज्यले आवश्यक पहलकदमी लिन ढिला गरेको जनाउँदै उनले  त्रासकै कारण मानवीय क्षति बढ्नसक्ने बताएका छन् ।

‘राज्यले ‘के भएको छ ?’ भनेर सोध्दा जतिबेलै घाईतेकै स्थिति बताउन विवश छौँ हामी । तर जो हामी छौँ , त्रासमा लुकेर बसेका, उनीहरु यहि त्रासले नै मर्ने स्थिती पुगीसक्यो ।’ उनले फेसबुकमा लेखेका छन्, ‘बचाउने काम सबैलाई गरीदिनुस् ।’

उनले सबैलाई अहिले नै नेपाल फर्काइदिन नभनेको भएपनि सकेको जति सुरक्षित ठाउँमा सबै हुन पाइयोस् भन्ने कामना गरेका छन् । यसका लागि पहल गरिदिन उनको माग छ । ‘मन आत्तिएर भक्कानिन थाल्यो, आँखा सुक्न थाले । बिन्ती छ सरकार सुनिदिनु पर्यो ।’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १ : ३६ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक