काठको चोरी नियन्त्रण गर्न डिभिजन वन कार्यालयले बढायो सक्रियता « Khabarhub

काठको चोरी नियन्त्रण गर्न डिभिजन वन कार्यालयले बढायो सक्रियता


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

चितवन– चाडपर्वमा हुने काठको चोरी पैठारी नियन्त्रणका लागि डिभिजन वन कार्यालयले सक्रियता बढाएको छ । कार्यालयले चोरी पैठारी नियन्त्रणका लागि आफ्नो क्षेत्रमा रहेका आठ युनिटलाई सक्रिय बनाएको हो । 

कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार चाडपर्वका समयमा वनमा हुने चोरी पैठारी नियन्त्रणका लागि आठ युनिटमा ६५ जना परिचालन गरिएको छ । यी युनिटले नियमित गस्ती, छड्के चेकजाँच, छड्के छापा लगायतका काम गरिरहेका छन् । 

‘चार्डपर्वको समयमा हुने चोरी पैठारी नियन्त्रणका लागि हामी लागि परेका छौँ’, उनले भने, ‘चाडपर्वको समयमा अन्यको बेला भन्दा बढी चोरी हुने भएकाले सक्रियता बढाएका हौँ ।’ आवश्यक परेको खण्डमा प्रहरीसमेत परिचालन गर्ने गरी कामलाई अघि बढाइएको उनको भनाइ थियो ।

कार्यालयले वन क्षेत्रमा प्लास्टिकजन्य वस्तु र फोहर फाल्न निरुत्साहित गरिएको खनालले बताए । उनले भने, ‘वन क्षेत्रलाई फोहर फाल्ने केन्द्रको रुपमा प्रयोग गरिएको छ । यसलाई नियन्त्रणका लागि जनचेतना जगाउने लगायतका काम भइरहेका छन् ।’

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  २ : ४६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको