दोर्दीखोलाको बाढीले बगाएका चार जनाको शव फेला « Khabarhub

दोर्दीखोलाको बाढीले बगाएका चार जनाको शव फेला


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– भारी वर्षासँगै दोर्दीखोलामा आएको बाढीले बगाएका चार जनाको शव भेटिएको छ ।

दोर्दी गाउँपालिका– ६ ढोडेनीमाथि लेकबाट अचानक बाढी आउँदा दोर्दीखोलाले बगाएको चार जनाको शव दोर्दी गाउँपालिकाका विभिन्न स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

प्रहरीका अनुसार शव भेटिए पनि पहिचान हुन सकेको छैन । आधा दर्जनभन्दा बढी घाइते अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक गुरुङले बताए ।

उक्त क्षेत्र आसपासका स्थानीय र दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत कामदार बाढी आउँदा भागेका थिए । दोर्दीखोलामा निर्माणधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुगेको र काम गर्ने ठाउँमा बाढी छिर्दा धनजनको क्षति भएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए ।

उनका अनुसार केही कामदार पुरिएको आशङ्का गरिएको छ । नौथर शेराका स्थानीय लक्ष्मण गुरुङले घाइतेलाई स्थानीयले उपचारका लागि विभिन्न अस्पतालमा पठाएको बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ८ : १२ बजे

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा 

काठमाडौं– बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा – गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो

ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको