१० नेपालीको शव नेपाल पठाउनेबारे समन्वय भइरहेको छ : नेपाली दूतावास  « Khabarhub

१० नेपालीको शव नेपाल पठाउनेबारे समन्वय भइरहेको छ : नेपाली दूतावास 



दोहा– प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट मृत्यु भएका १० जना नेपालीको शव नेपाल पठाउने तयारी थालिएको छ । शव नेपाल पठाउन इजरायल सरकारसँग समन्वय भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले आइतबार राती एक विज्ञप्ति जारी गर्दै इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे सरकारले आवश्यक प्रबन्ध गर्ने जनाएको छ ।

दूतावासले इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा र त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि अनलाइन रजिष्ट्रेशन दर्ता गर्न अनुरोध गरेको छ । दर्ताका लागि दूतावासले उपलब्ध गराएको लिंकमा गएर आफ्नो विवरण राख्न भनेको छ ।

साथै, दूतावासले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न पनि अनुरोध गरेको छ ।  

दूतावासका अनुसार दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरूको दुःखद निधन भएको, ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र एक जना सम्पर्कविहीन रहेको जनाएको छ । 

इजरायल प्यालेस्टाइनको हमास समूहको युद्धमा परी ६०० भन्दाबढी इजरायलीको मृत्यु भइसकेको छ भने एक सय भन्दा बढी व्यक्ति अपहरणमा परेको बताइएको छ । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ७ : २१ बजे

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत