इजरायलबाट शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा : संयन्त्र « Khabarhub

इजरायलबाट शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा : संयन्त्र


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।

इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने समेत निर्णय गरेको छ ।

नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण कामहरु गर्नेछ ।

प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा गत शनिबार गरेको आक्रमणमा परी हालसम्म १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । इजरायलमा हाल करिब ५ हजारको हाराहारीमा नेपालीहरु विभिन्न पेशामा कार्यरत छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  १२ : ०६ बजे

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा

पल्सर स्पोर्टस अवार्ड आज पोखरामा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन