गाजा पट्टीमा १ लाख २३ हजारभन्दा बढी विस्थापित : संयुक्त राष्ट्रसङ्घ « Khabarhub

गाजा पट्टीमा १ लाख २३ हजारभन्दा बढी विस्थापित : संयुक्त राष्ट्रसङ्घ


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

गाजा- प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ ।

“गाजामा मुख्यतः डर, सुरक्षाको चिन्ता र उनीहरूको घर भत्काइएका कारण एक लाख २३ हजार ५३८ भन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्,” संयुक्त राष्ट्रसङ्घको मानवीय निकाय ओसीएचएले भनेको छ ।

ओसीएचएका अनुसार ७३ हजारभन्दा बढी व्यक्तिले विद्यालयमा आश्रय लिइरहेका छन्, जसमध्ये केहीलाई आपतकालीन आश्रयस्थल तोकिएको छ ।

हमासको लडाकु समूहले इजरायलमा घातक आक्रमण गर्नुका साथै हजारौँ रकेट प्रहार गरेपछि इजरायलले शनिबारदेखि गाजामा सयौँ हवाई आक्रमण गरेको छ ।

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय यूएनआरडब्लुएका प्रवक्ता अदनान अबु हसनाले यो सङ्ख्या अझै बढ्ने अपेक्षा गरेको बताएका छन् ।

“यी विद्यालयमा बिजुली छ, हामी उनीहरूलाई खाना, सफा पानी, मनोवैज्ञानिक सहयोग र चिकित्सा उपचार प्रदान गर्छौं,” उनले एएफपीसँग भने ।

गाजामा २३ लाख प्यालेस्टिनी छन्, उनीहरूले सन् २००७ मा हमासले सत्ता सम्हालेपछि इजरायली नाकाबन्दीको सामना गरिरहेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ३ : २४ बजे

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी

ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८२-८३

भोटेकोशीको बाढी : २५ अर्बको बीमा दाबी, इन्जिनियरिङमा मात्रै २० अर्ब क्षति

काठमाडौँ – भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको