चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनीका पूर्व प्रमुख पार्टीबाट बर्खास्त « Khabarhub

चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनीका पूर्व प्रमुख पार्टीबाट बर्खास्त


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनी, एभरब्राइट ग्रुपका पूर्व प्रमुखलाई ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको’ भन्दै सत्तारुढ कम्युनिस्ट पार्टी (सीपीसी)बाट सार्वजनिक पदमा रहन अयोग्य गरी बर्खास्त गरिएको छ ।

यसअघि एभरब्राइटको पार्टी सचिव र अध्यक्षका रूपमा काम गरेका ली सियाओपेङलाई अनुशासनको छानबिनपछि सजाय सुनाइएको हो । समाचार एजेन्सी सिन्ह्वाका अनुसार लीले उपहार र पैसा लिएका, आचरण सुधार गर्ने पार्टीको नीतिको अवज्ञा गरेको र उनको मुद्दाको अनुसन्धानमा बाधा पुर्‍याउने प्रयास गरेका थिए ।

एक अर्थशास्त्रीको रूपमा प्रशिक्षित, लीले आफ्नो कामको अधिकांश समय वित्त उद्योगमा बिताएका थिए ।  मार्च २०२२ मा चाइना एभरब्राइटको अध्यक्षपदबाट सेवानिवृत्त हुनुअघि उनले धेरै प्रमुख चिनियाँ बैंकहरूमा नेतृत्वदायी पदहरूमा सेवा गरेका थिए ।

राष्ट्रपति सी चिनफिङले कथित भ्रष्टाचारविरुद्ध आक्रामक कारबाहीको नेतृत्व गरिरहेका छन् । चीनको केन्द्रीय अनुशासन अनुगमन आयोग (सीसीडीआई) ले मार्चमा चाइना एभरब्राइट ग्रुप र देशको वित्तीय क्षेत्रका अन्य प्रमुख खेलाडीसहित ३० वटा सरकारी स्वामित्वका उद्यमहरूलाई लक्षित गरी ‘अनुगमन यात्रा’सुरु गर्ने बताएको थियो ।

गत महिना चाइना लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्ष तथा सीसीपी प्रमुख वाङ बिनलाई घुस लिएको र विदेशमा बचत लुकाएको आरोपमा ‘दुई वर्षको जेल सजायसहित मृत्युदण्ड’ दिइएको थियो ।

उनको सजाय ‘आजीवन कारावासमा परिवर्तन’ हुनसक्ने बताइएको छ । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ७ : २७ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन