प्रतिनिधिसभा बैठक : इजरायलमा रहेका नेपालीको उद्धार गर्न माग « Khabarhub

प्रतिनिधिसभा बैठक : इजरायलमा रहेका नेपालीको उद्धार गर्न माग


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारसँग माग गरेका छन् ।

उनीहरूले गत शनिबार आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएको शव यथाशीघ्र स्वदेश ल्याउन तथा घाइते भएका र नेपाल आउन चाहने अन्यलाई तत्काल उद्धार गर्न माग गरेका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद अजुननरसिंह केसीले हमासको आक्रमणबाट ज्यान गुमाएका १० जना नेपालीको शवलाई तुरुन्त नेपाल ल्याउन माग गर्दै घाइतेको तत्काल उपचार गर्न सरकारको ध्यानाकर्षण गराए।

‘इजरायलमा कति नेपाली छन ?, कुन अवस्थामा छन् ? सरकारले संसद्मा वास्तविक विवरण सार्वजनिक गर्नुपर्छ’, उनले भने। नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले इजरायलमा उद्धारको प्रतीक्षामा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए।

नेकपा (माओवादी केन्द्र)का सांसद जर्नादन शर्माले तत्काल कूटनीतिक प्रयास गरी शव ल्याउने व्यवस्था गर्न, बेपत्ताको खोजी, घाइतेको उपचार र नेपाल आउन चाहनेलाई स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराए  ।

नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले पनि इजरायलबाट घर आउन चाहने नेपालीलाई तत्काल उद्धार गर्न र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

यसैगरी, सांसद चित्रबहादुर केसीले इजरायलमा उद्धारको प्रतीक्षामा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउन सरकारसँग माग गरेका छन् । सांसदहरू अन्जनी श्रेष्ठ, अनिसा नेपाली, अब्दुल खाण, अमनलाल मोदी, अमरबहादुर रायमाझी, अमृतलाल राजवंशी, असिम साह, ईश्वरी घर्ती, उर्मिला माझी, किरणकुमार साह, गीता बस्नेतले इजरायलमा तीन दिनदेखि उद्धारको प्रतीक्षामा बसेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ५ : ३२ बजे

सरकारले थप तीनवटा अध्यादेश शीतल निवास पठायो

काठमाडौं- बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र

नेप्से परिसूचकमा २५ अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको

ड्रोनबाट हेर्नुस्, डोजर चलेपछिको मनोहरा सुकुम्वासी बस्ती

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली

पूर्वराष्ट्रपति युनलाई सात वर्षको जेल सजाय, कानूनी संकट थप गहिरियो

सियोल– दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलविरुद्धको कानूनी कारबाही थप

उद्यमी बन्न चाहनेलाई कामपाको सहुलियत ऋण

काठमाडौं– काठमाडौं महानगरपालिकाले स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण