भारी वर्षाका कारण दक्षिणी म्यान्मारमा हजारौँ नागरिक विस्थापित « Khabarhub

भारी वर्षाका कारण दक्षिणी म्यान्मारमा हजारौँ नागरिक विस्थापित


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

याङ्गुन– दक्षिणी म्यान्मारको बागो क्षेत्रमा आइतबार भएको भारी वर्षाका कारण हजारौँ नागरिक विस्थापित हुनुका साथै रेल यातायात अवरुद्ध भएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् । 

बागो क्षेत्रको समाज कल्याण, राहत तथा पुनर्वास मन्त्रालयका निर्देशक उ थाउङ स्वेले बाढीका कारण १४ हजार तीन सय चार नागरिकले ३६ वटा राहत शिविरमा आश्रय लिएको बताए । 

उनका अनुसार पानीको सतह निरन्तर बढिरहेकाले उद्धार संस्थालगायत सम्बन्धित निकायले उद्धार कार्य जारी राखेका छन् । म्यान्माको यातायात तथा सञ्चार मन्त्रालयले बाढीका कारण याङ्गुन जाँदै गरेको दुई वटा यात्रुवाहक रेलमा सवार करिब आठ सय यात्रुलाई आइतबार साँझ जहाजहरूमा राखेर पुर्याइएको बताएको छ । 

बाढीकै कारण आइतबार बागो सहर हुँदै जाने चार वटा यात्रुबाहक रेलको यात्रा रद्द गरिएको थियो । एक रेलवे अधिकारीले बागो क्षेत्र हुँदै चल्ने रेलका यात्रा सोमबार पनि स्थगित गरिएको जानकारी दिए । 

म्यान्माको जल तथा मौसम विज्ञान विभागले बागो नदीमा पानीको सतह सोमबार खतराको स्तरभन्दा चार इन्च माथि रहेको बताएको छ । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ६ : १६ बजे

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति