भारी वर्षाका कारण दक्षिणी म्यान्मारमा हजारौँ नागरिक विस्थापित « Khabarhub

भारी वर्षाका कारण दक्षिणी म्यान्मारमा हजारौँ नागरिक विस्थापित


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

याङ्गुन– दक्षिणी म्यान्मारको बागो क्षेत्रमा आइतबार भएको भारी वर्षाका कारण हजारौँ नागरिक विस्थापित हुनुका साथै रेल यातायात अवरुद्ध भएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् । 

बागो क्षेत्रको समाज कल्याण, राहत तथा पुनर्वास मन्त्रालयका निर्देशक उ थाउङ स्वेले बाढीका कारण १४ हजार तीन सय चार नागरिकले ३६ वटा राहत शिविरमा आश्रय लिएको बताए । 

उनका अनुसार पानीको सतह निरन्तर बढिरहेकाले उद्धार संस्थालगायत सम्बन्धित निकायले उद्धार कार्य जारी राखेका छन् । म्यान्माको यातायात तथा सञ्चार मन्त्रालयले बाढीका कारण याङ्गुन जाँदै गरेको दुई वटा यात्रुवाहक रेलमा सवार करिब आठ सय यात्रुलाई आइतबार साँझ जहाजहरूमा राखेर पुर्याइएको बताएको छ । 

बाढीकै कारण आइतबार बागो सहर हुँदै जाने चार वटा यात्रुबाहक रेलको यात्रा रद्द गरिएको थियो । एक रेलवे अधिकारीले बागो क्षेत्र हुँदै चल्ने रेलका यात्रा सोमबार पनि स्थगित गरिएको जानकारी दिए । 

म्यान्माको जल तथा मौसम विज्ञान विभागले बागो नदीमा पानीको सतह सोमबार खतराको स्तरभन्दा चार इन्च माथि रहेको बताएको छ । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ६ : १६ बजे

निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ?

निर्वाचनको तिथि आउन दुई महिना बाँकी छ । सरकारले चुनावका

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत

काठमाडौं – आइतबार हेटौंडा-भीमफेदी-कुलेखानी सडक खण्डको भीमफेदी दुर्घटनामा ज्यान गुमाएका

रुपन्देहीमा अवैध सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले

काठमाडौं र ललितपुरमा निरन्तर बजार अनुमगन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका