रुसी राष्ट्रपति पुटिनले फेरि गरे भारतीय प्रधानमन्त्री मोदीको तारिफ « Khabarhub

रुसी राष्ट्रपति पुटिनले फेरि गरे भारतीय प्रधानमन्त्री मोदीको तारिफ


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेरि एक पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन् ।

रुसका राष्ट्रपतिले आर्थिक सुरक्षा सम्बन्धी एक कार्यक्रममा राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदी निकै बुद्धिमान व्यक्ति भएको बताएका हुन् । राष्ट्रपति पुटिनले भारत र रुसबीच रहेको सम्बन्धको पनि प्रशंसा गरेका छन् ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले प्रगति गरिरहेको भन्दै रुस र भारतबीच दशकौं पुरानो मित्रता र सहयोगको परम्परा रहेको बताए ।

राष्ट्रपति पुटिनले प्रधानमन्त्री मोदीसँग आफ्नो राजनीतिक सम्बन्ध पनि सुमधुर रहेका बताए । उनले आर्थिक सुरक्षाको एजेण्डामा काम गर्दा भारत र रुस दुवैलाई फाइदा हुने उल्लेख गरे ।

यसअघि पुटिनले गत महिना पनि मोदीको प्रसंशा गरेका थिए । उनले आठौं पूर्वी आर्थिक मञ्चलाई सम्बोधन गर्दै मेक इन इन्डिया र प्रधानमन्त्री मोदीको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ३ : ४३ बजे

औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार

काठमाडौं– क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने

हर्मुज खुला राख्न आसियानको जोड

एजेन्सी– अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा

नेपालले नेदरल्याण्ड्सलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग

प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान

काठमाडौं– प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका

कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका