काभा पुरुष भलिबलमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने « Khabarhub

काभा पुरुष भलिबलमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काभा पुरुष भलिबल च्यालेन्ज कपमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजे श्रीलंकाको कोलम्बोमा हुनेछ ।

आजको खेलमा दुवै टोली लगातार दोस्रो जित निकाल्ने योजनामा रहेका छन् । यसअघि नेपाल र श्रीलंकाले पहिलो खेलमा जित निकालेका छन् । नेपालले बंगलादेशलाई हराउँदा श्रीलंकाले साउदी अरेबियालाई पराजित गरेको छ ।

नेपालले तेस्रो खेल असोज २४ गते अफगानिस्तानसँग, २६ गते साउदी अरेबियासँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । 

६ टोलीको सहभागि च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंक तालिकाका शीर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ९ : २९ बजे

स्पेनसँग हारेसँगै प्रशिक्षकमाथि खनिए एमबाप्पे, रणनीति बनाउन चुक्दा नतिजा उम्किएको गुनासो

काठमाडौं- फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी

एजेन्सी- कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणहरू आफ्नो

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक

आमाले न्याय खोज्दा खोसिएको बाल अधिकार !

काठमाडौं– असारे झरीमा सोमबार सिंहदरबारको मुख्य गेटअगाडि निहारिका राजपूत न्यायको

संसद्‍बाट बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदन

काठमाडौं– प्रतिनिधिसभाले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धि,