खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरिने | Khabarhub Khabarhub

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरिने


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक (प्रअ) चयन गर्ने भएको छ ।

सामुदायिक विद्यालयमा खस्किँदै गरेको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरेको नगरप्रमुख कृष्ण खाणले बताए ।

नगरभित्र १६ माध्यमिक तह र ५६ आधारभूत तह गरी ७२ वटा सामुदायिक विद्यालय रहेका छन् । बहत्तर सामुदायिक विद्यालयमध्ये पहिलो चरणमा माध्यमिक तहतर्फका आठवटा विद्यालय र आधारभूत तहतर्फका आठ गरी कुल १६ विद्यालयमा शैक्षिक योग्यता र क्षमताका आधारमा खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गरिने भएको हो ।

नगरभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएकाले जनप्रतिनिधि तथा सरकारी कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकालाई आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन प्रेरित गरिने उनको भनाइ छ ।

प्रधानाध्यापक नियुक्ति हुनका लागि शिक्षकले माध्यमिक तहमा कम्तीमा पाँच वर्ष स्थायी सेवा गरेको र स्नातकोत्तर पास गरेको वा १० वर्ष स्थायी सेवा र स्नातक उत्तीर्ण गरेकालाई प्रधानाध्यापक नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको शिक्षा अधिकृत दुर्गा न्यौपानेको भनाइ छ ।

आधारभूत तहमा प्रअ हुनका लागि शिक्षा विषयमा कम्तीमा स्नातक गरेको हुनुपर्नेछ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ९ : १३ बजे

माओवादी बैठक : प्रचण्डको प्रतिवेदनमा केन्द्रीय सदस्यहरू बोल्दै

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को आठौँ केन्द्रीय समितिको छैटौँ

रुसमा युक्रेनी प्रत्याक्रमण, १५ किलोमिटर भित्रसम्म असर

किएभ- रुसको दक्षिणी सीमास्थित र्कस्क क्षेत्रमा युक्रेनले प्रत्याक्रमण सुरु गरेको

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल

गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा 

गोरखा– गोरखा नगरपालिकाले ‘गोरखा भ्रमण वर्ष २०२५’ सफल बनाउन विभिन्न

बागलुङ नगरपालिका बालमैत्री नगर घोषणा

बागलुङ– बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१ सूचक पूरा गरेपछि