कास्कीमा एक हजार चार सय बढीमा डेङ्गु सङ्क्रमण  | Khabarhub Khabarhub

कास्कीमा एक हजार चार सय बढीमा डेङ्गु सङ्क्रमण 


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

कास्की–  जिल्लामा पछिल्ला दिनमा डेङ्गुको सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा सङ्क्रमण पुष्टि भएको छ । 

केही दिनयता पोखराका अस्पतालमा डेङ्गु भएर उपचारका लागि आउनेको सङ्ख्या दैनिक बढ्दै गएको जनाइएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ११ जना डेङ्गुका बिरामी उपचाररत छन् । त्यसमध्ये दुईको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीले बताए । 

‘अहिले दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । पानी पर्न नरोकिएकाले अझै केही दिन सङ्क्रमण बढ्ने देखिन्छ’, उनले भने, ‘सङ्क्रमितमा उच्च ज्वरो आउने, मांशपेशी दुख्ने, टाउँको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, वान्ता हुने, थकान तथा बेचैनी हुने, जोर्नी दुख्ने लक्षण देखिने गरेका छन् ।’

स्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले सङ्क्रमणबाट बच्नका लागि सचेतना नै महत्वपूर्ण हुने जनाउँदै लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताएका छन् । ‘कास्कीमा सङ्क्रमण बढ्दै गएको छ । सचेतनाका कार्यक्रम गरिए पनि सङ्क्रमण कम हुन सकेको छैन’, उनले भने, ‘डेङ्गुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उपयुक्त उपाय हो । यसका लागि पानी जम्मा हुने खाल्डाखुल्डी पुर्ने, एसी, कुलरबाट जम्मा हुने पानी दैनिक परिवर्तन गर्नेलगायत कुरा सबैलाई जानकारी गराउनु पर्दछ ।’ 

आचार्यका अनुसार पोखरामा वडा कार्यालय, विभिन्न सङ्घ संस्थाले डेङ्गु सचेतनाका कार्यक्रम गर्दै आएका छन् । ‘सङ्क्रमण बढेपछि लामखुट्टेको ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम सञ्चालन गरिएको छ’, उनले भने। वर्षात्को समयमा पानी जम्ने भएकाले डेङ्गुको सङ्क्रमण बढी फैलिने गरेको चिकित्सक बताउँछन् ।

गण्डकी प्रदेशमा हालसम्म छ हजार सात सय ७८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशका ११ जिल्लामध्ये हालसम्म तनहुँ र कास्कीमा डेङ्गु सङ्क्रमणदर उच्च छ । मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा सङ्क्रमण देखिएको छ । 

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  २ : १० बजे

अर्थसंक्षेप : ३७ अंकले बढ्यो सेयर बजार, बाढीमा मृत्यु भएकाको परिवारलाई २ लाख राहत

काठमाडौं–सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.१३ अंकले बढेको छ ।

हमासको आक्रमणमा नेपाललाई लागेको घाउ पुरिन बाँकी छ : एनपी साउद

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहको आक्रमणमा नेपाललाई पुगेको

नेपाल एयरलाइन्सले फूलपातीमा काठमाडौं-भैरहवा उडान गर्ने

काठमाडौं– नेपाल एयर लाइन्सले फूलपातीको दिन काठमाडौं-भैरहवा-काठमाडौं उडान गर्ने भएको छ

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं – उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हरेन्द्र पाठकलाई प्रधानसेनापति

परराष्ट्रमन्त्रीसहित प्रधानमन्त्री शीतल निवासमा, राष्ट्रसंघ महासभाबारे ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज