त्रिकोणात्मक टि २० आई सिरिजमा नेपालले पहिलो खेल यूएईविरुद्ध खेल्ने (खेल तालिकासहित) « Khabarhub

त्रिकोणात्मक टि २० आई सिरिजमा नेपालले पहिलो खेल यूएईविरुद्ध खेल्ने (खेल तालिकासहित)


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले यूएई र हङकङसमेत सम्मिलित आसन्न त्रिकोणात्मक टि २० आई सिरिजमा आफ्नो पहिलो खेल आगामी कार्तिक १ गते युएईसँग खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको त्रिकोणात्मक सिरिजको खेल तालिकाअनुसार नेपालले पहिलो खेल कार्तिक १ गते यूएईसँग खेल्ने भएको हो । नेपालले आफ्नो दोस्रो खेल भने कार्तिक २ गते हङकङविरुद्ध खेल्नेछ ।

त्यसैगरी, आफ्नो तेस्रो खेलमा नेपालले कार्तिक ४ गते हङकङसँग खेल्नेछ । आफ्नो चौथो खेलमा नेपालले कार्तिक ६ गते यूएईको सामना गर्नेछ । सिरिजको फाइनल भने कार्तिक १० गते हुनेछ ।

फाइनलबाहेक सबै खेलहरु कागेश्वरी मनोहरास्थित मूलपानी क्रिकेट मैदानमा हुनेछन् भने फाइनल खेल टियु मैदान कीर्तिपुरमा हुने क्यानले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : ०२ बजे

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा

गैँडाको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी