पाकिस्तानले जनताबाट उठाउने कर राज्य सञ्चालनका लागि अपुग : विश्व बैंक « Khabarhub

पाकिस्तानले जनताबाट उठाउने कर राज्य सञ्चालनका लागि अपुग : विश्व बैंक


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- विश्व बैंकले गहिरो आर्थिक समस्यामा फसेको पाकिस्तानले जनताबाट उठाउने कर राज्य सञ्चालनका लागि अपुग रहेको जनाएको छ ।

विश्व बैंकलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएअनुसार पाकिस्तानजस्तो विकासशील मुलुकको कूल ग्राहस्थ उत्पादन र करको अनुपात कम्तीमा १५ प्रतिशत हुनुपर्ने भएपनि हाल केबल ११ दशमलब ६ प्रतिशत रहेको छ ।

विश्व बैंकले यस्तो अवस्थामा मुलुकका प्रमुख औद्योगिक एवम् आर्थिक क्षेत्रलाई लक्षित गरी कर संकलनलाई वृद्धि गर्नसमेत आग्रह गरेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार विश्व बैंकले पाकिस्तानको कर संकलन दर यस क्षेत्रकै सबैभन्दा न्यून रहेको र तत्काल सुधार हुने सम्भावना नरहेको उल्लेख गरेको छ । बैंकले कृषि, घरजग्गा, खुद्रा, सुर्तीजन्य पदार्थमा थप कर लगाउनसमेत पाकिस्तानलाई सुझाव दिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १० : ०३ बजे

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट