एमाले सुदूरपश्चिममा सबै पदाधिकारी सर्वसम्मत, अध्यक्षमा जैशी « Khabarhub

एमाले सुदूरपश्चिममा सबै पदाधिकारी सर्वसम्मत, अध्यक्षमा जैशी


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी सर्वसम्मत चयन भएका छन् ।

धनगढीमा भएको प्रदेशको प्रथम अधिवेशनबाट जैशी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । अध्यक्ष पदमा मनोनयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैशी निर्विरोध भएका हुन् ।

अध्यक्षसहित सबै पदाधिकारीमा सहमति जुटेको छ । उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव (खुल्ला) मा कञ्चनपुरका नरबहादुर बिक र उपसचिव (महिला) मा कैलालीकी भागरथी विष्ट चयन भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन प्रक्रिया लम्ब्याएर मंगलबारदेखि नेताहरूले सर्वसम्मतिको प्रयास गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ११ : २१ बजे

‘वैदेशिक रोजगारीका नाममा भएको ठगी नियन्त्रण गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्छ’

काठमाडौं– राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई