नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामुक्त गर्न माग गर्दै परेको रिटमाथि सुनवाइ हुँदै « Khabarhub

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामुक्त गर्न माग गर्दै परेको रिटमाथि सुनवाइ हुँदै


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरूको निवेदनमाथि आज सुनुवाइका लागि पेशी परेको छ । उच्च अदालतमा पाटनका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा उक्त निवेदनको सुनवाई हुन लागेको हो ।

काठमाडौं जिल्ला अदालतले १ असारमा परेको फैसला चित्त नबुझेपछि थुनामुक्त भई मुद्दाको पुर्पक्ष गरिपाउँ भनी उच्च अदालतमा पाटनमा भुटानी शरणार्थी प्रकरणका आरोपितले निवेदन दिएका थिए ।

पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीलगायतले गत साउन १२ गते दर्ता गराएको रिट यसअघि ४ पटक पेशीमा चढिसकेको छ । 

खाण र रायमाझीसहित नरेन्द्र केसी, टेकनारायाण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सागर राई र रामशरण केसीले जिल्ला अदालत काठमाडौंका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले गरेको थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  १२ : १७ बजे

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न