काठमाडौँ विश्वविद्यालयमा शिल्पकलाको पठनपाठन सुरु « Khabarhub

काठमाडौँ विश्वविद्यालयमा शिल्पकलाको पठनपाठन सुरु


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा शिल्पकलाको पठनपाठन सुरुआत भएको छ । काठमाडौँ विश्वविद्यालयले पहिलो पटक शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको पढाइ थालनी गरेको हो । 

बिहीबारदेखि सुरु भएको उक्त शिक्षा नेपालमा पहिलो भएको काठमाडौँ विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डिन प्रा डा मनिष पोखरेलले दाबी गरे ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले आफूहरूले केही नयाँ काम नगरेको तर पुर्खा र समुदायले गरेको कलालाई नै केही नयाँपन दिन खोजेका बताए। उनले रैथाने कला, परम्परागत कला, ज्ञान र सीपलाई जोडेर अगाडि बढ्ने प्रयास गरेको बताए। उनका अनुसार उक्त कोर्स चार वर्षे रहेको छ । उनका अनुसार बीस विद्यार्थी यसपालि भर्ना भएका छन् । 

कक्षा शुभारम्भका क्रममा बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा काठमाडौँ विश्वविद्यालयले शिल्पकलाको पठनपाठन सुरु गरेर कला क्षेत्रको विकासमा योगदान दिएको छ भने ।

उनले प्रदेश सरकारले पनि कलाको विकासमा प्राथमिकता दिएको उल्लेख गर्दै हस्तकला विधेयक प्रदेश संसद्मा टेबल गरिएको जानकारी दिए ।

सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिल्प तथा डिजाइन कलामा स्नातक पठाइ सुरु हुनु ललितकला क्षेत्रकै लागि उपलब्धिको कुरा भएको उल्लेख गर्दै यसले ललितकलाको शिर उँचो हुने छ भने ।

उनले ललितकला विकासका लागि प्रतिष्ठानले कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरिरहेका बेला प्राज्ञिक क्षेत्रमै परम्परागत कलाको शिक्षा प्रदान हुनु महत्वपूर्ण भएको बताए 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १० : ३१ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग