सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ सुरु | Khabarhub Khabarhub

सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ सुरु


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रमा पर्ने सामुदायिक वनहरूमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ सुरु गरेको छ । 

निकुञ्जको आयोजना र तराई भूपरिधि कार्यक्रम (ताल) को सहयोगमा बिहीबारदेखि  माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको इकोलोजिकल मोनिटरिङ गर्न क्यामेरा ट्यापिङ गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आगामी कात्तिक २५ गतेसम्म क्यामेरा ट्यापिङको विधिबाट बाघको अवस्थाबारे जानकारी लिइने छ ।

माडीको सोमेश्वर क्षेत्रबाट क्यामेरा ट्यापिङको काम सुरु गरिएको छ । यसका लागि ६२ वटा क्यामेरा दुई वर्गकिलोमिटरको फरकमा जडान गरिएको छ । तीनवटा ब्लकमा विभाजन गरी क्यामेरा ट्यापिङको काम गर्न लागिएको हो । एउटा ब्लकमा १७ देखि २१ वटा ग्रिड निर्माण गरी क्यामरा जडान गरिने छ । एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गरिने उनले बताए । बाघको सम्भावित क्षेत्रको अध्ययन गरी ग्रिड निर्माण गरिने छ । ‘टाइगर इकोलोजिकल मोनिटरिङ अफ सोमेश्वर हिल’ कार्यक्रमअन्तर्गत बाघको बासस्थान र अवस्थाबारे अध्ययन गर्न लागिएको हो ।

उनका अनुसार सन् २०१८ मा सो क्षेत्रमा तीनवटा बाघ रहेको र सन् २०२२ मा यो सङ्ख्या बढेर आठ पुगेको छ । सोमेश्वर पर्वतमाला र भारतको वाल्मिकी टाइगर रिजर्भ क्षेत्र पर्ने भएकाले यहाँ बाघको बासस्थान, आहारा र अवस्था कस्तो रहन्छ भन्ने विषयमा अध्ययन गर्न लागिएको हो । संरक्षणसम्बन्धी योजना निर्माणका लागि सहयोग पुग्ने उद्देश्यका साथ ट्यापिङ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए।

क्यामेरा ट्यापिङका लागि निकुञ्ज र तालका १५ कर्मचारी परिचालन गरिने छ । ती कर्मचारीबाहेक अन्य अनुगमनको काम भने निकुञ्ज प्रशासनले गर्ने गरी काम गर्न लागिएको हो ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १२ : ५८ बजे

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं – ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको

इपिएस सम्झौताको १७ वर्ष : कोरिया बढी कामदार पठाउने मुलुक नेपाल

काठमाडौं – पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको