इजरायलमा फसेका नागरिकलाई उद्धार गर्न भारतको ‘अपरेशन अजय’ « Khabarhub

इजरायलमा फसेका नागरिकलाई उद्धार गर्न भारतको ‘अपरेशन अजय’


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- हमासले इजरायलमाथि हमला गरेसँगै त्यहाँ फसेका आफ्ना नागरिकलाई उद्धार गर्न भारतले ‘अपरेशन अजय’ नामक अभियान सञ्चालन गरेको छ । भारतले गत बुधबार यस उद्धार अभियानको घोषणा गरेको हो ।

यस अभियानअन्तर्गत पहिलो उडानबाट शुक्रबार २१२ जना भारतीय नागरिक स्वदेश फर्केका छन् । भारतीय यात्रु बोकेर इजरायलबाट उडेको पहिलो जहाज राजधानी नयाँ दिल्ली पुग्दा केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले स्वागत गरेका थिए ।

इजरायलमा फसेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने अभियान अझै जारी रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

चार्टर्ड उडानमार्फत् भारतले यस अभियान सञ्चालन गरेको हो । यद्यपि आवश्यक परेको खण्डमा नौसैनिक विमानको पनि प्रयोग गर्न सकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हाल भारतमा १८ हजारभन्दा धेरै भारतीय नागरिकहरु रहेको बताइएको छ । यीमध्ये अधिकांश सूचना प्रविधिको क्षेत्रमा कार्यरत छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १० : ०० बजे

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने