इजरायलमा फसेका नागरिकलाई उद्धार गर्न भारतको ‘अपरेशन अजय’ « Khabarhub

इजरायलमा फसेका नागरिकलाई उद्धार गर्न भारतको ‘अपरेशन अजय’


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- हमासले इजरायलमाथि हमला गरेसँगै त्यहाँ फसेका आफ्ना नागरिकलाई उद्धार गर्न भारतले ‘अपरेशन अजय’ नामक अभियान सञ्चालन गरेको छ । भारतले गत बुधबार यस उद्धार अभियानको घोषणा गरेको हो ।

यस अभियानअन्तर्गत पहिलो उडानबाट शुक्रबार २१२ जना भारतीय नागरिक स्वदेश फर्केका छन् । भारतीय यात्रु बोकेर इजरायलबाट उडेको पहिलो जहाज राजधानी नयाँ दिल्ली पुग्दा केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले स्वागत गरेका थिए ।

इजरायलमा फसेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने अभियान अझै जारी रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

चार्टर्ड उडानमार्फत् भारतले यस अभियान सञ्चालन गरेको हो । यद्यपि आवश्यक परेको खण्डमा नौसैनिक विमानको पनि प्रयोग गर्न सकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हाल भारतमा १८ हजारभन्दा धेरै भारतीय नागरिकहरु रहेको बताइएको छ । यीमध्ये अधिकांश सूचना प्रविधिको क्षेत्रमा कार्यरत छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १० : ०० बजे

फिफा विश्वकप-२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

काठमाडौँ– फिफा विश्वकप फुटबल– २०२६ आज रातिबाट सुरु हुँदैछ ।

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल