अफगानिस्तानी मस्जिदमा भएको आत्मघाती हमलामा सात जनाको मृत्यु « Khabarhub

अफगानिस्तानी मस्जिदमा भएको आत्मघाती हमलामा सात जनाको मृत्यु


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – काबुल अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको अल्पसंख्यक शिया समुदायको मस्जिदमा शुक्रबार भएको आत्मघाती विस्फोटमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएको तालिबान सरकारले जनाएको छ ।

अमेरिका र तालिबान समूहबीच सन् २०२१ को अगष्टमा कतारमा भएको सम्झौतापछि अमेरिका समर्थित अफगानी सरकार सत्ताच्युत भएको थियो । तालिबानले आफ्नो विद्रोह अन्त्य गरेपछि बम विस्फोट र आत्मघाती आक्रमणको संख्यामा नाटकीय रुपमा कमी आएको छ ।

यद्यपि इस्लामिक स्टेट संगठनको क्षेत्रीय शाखासहित थुप्रै सशस्त्र समूहहरूको खतरामा अफगानिस्तान रहेको छ ।

बगलान प्रान्तको राजधानी पोल–ए–खोमरीस्थित इमाम जमान मस्जिदमा जुमेको नमाजका लागि भेला भएका शिया धर्मावलम्बीहरूलाई लक्षित गरिएको विस्फोटको तत्काल कुनै समूहले जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १० : ०७ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था