कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त, एमालेको समर्थन | Khabarhub Khabarhub

कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त, एमालेको समर्थन


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोसी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज बिहान मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कार्कीको पक्षमा कांग्रेसको शेखर कोइराला पक्षका ८ र नेकपा एमालेका ३९ गरी ४७ जना प्रदेश सांसदले सनाखत गरेपछि खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

हस्ताक्षर सनाखतका लागि प्रदेश प्रमुख खापुङले बिहान ८ देखि दिउँसो २ बजेसम्मको समय दिएका थिए । तर कोशीको मुख्यमन्त्रीमा दाबी गरेका माओवादी केन्द्रका इन्द्र आङ्बो पक्षका सांसदहरू हस्ताक्षर सनाखत प्रक्रियामा सामेल भएका छैनन् ।

बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।  ९३ सदस्यीय कोसी प्रदेशमा बहुमतका लागि  ४७ सदस्य आवश्यक पर्दछ ।

कोशीमा आज बनेको सरकार संविधानको धारा १६८ (५) अनुसारको हो। यो सरकारले पनि ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनु पर्दछ । विश्वासको मत प्राप्त नभए मध्यावधि निर्वाचन हुनेछ । 

मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १० : ०८ बजे

सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि काठमाडौँ

जेन-जी आन्दोलनले प्रभावित सुदूरपश्चिम प्रदेशसभा छिट्टै सञ्चालन गरिने

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज सम्पन्न सर्वदलीय

नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने

काठमाडौं– विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली

बीमा बोर्डद्वारा अस्पताललाई बक्यौता रकम भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बक्यौता रकम अस्पताललाई

नेपालले हार्‍यो लगातार चार खेल, यूएईसँग फेरि पराजित

काठमाडौं- आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले