सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छु : शेखर कोइराला « Khabarhub

सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छु : शेखर कोइराला


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट रहेको बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलमा उनले कोसी प्रदेशमा सरकार गठनको विषयलाई लिएर सत्ता गठबन्धनलाई कमजोर हुन नदिने प्रतिवद्धता जनाएका हुन् ।

तीन नेताबीच कोसी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्या र केन्द्रमा सत्ता गठबन्धनलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको छ ।

एमालेले सत्ता गठबन्धनमा फुटको सुरुवात कोसी प्रदेशबाट गरेको चर्चा चलिरहँदा प्रचण्ड, देउवा र कोइरालाले गठबन्धनमा प्रतिबद्ध रहने सहमति गरेका हुन्।

कोसीमा सत्ता गठबन्धनको निर्णयविरुद्ध शेखर पक्षका केदार कार्की आज मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी एमाले सांसदको समर्थनमा मुख्यमन्त्री भएका हुन् ।


 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १२ : १८ बजे

काठमाडौं महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौं – काठमाडौं महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने

आईपीएल : प्रभसिमरन सिंहले पूरा गरे अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार पञ्जाब किंग्स

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका

अब काठमाडौंमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौं – जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी