कोसी प्रदेशमा ‘महागठबन्धनले सार्थकता पायो : रवि « Khabarhub

कोसी प्रदेशमा ‘महागठबन्धनले सार्थकता पायो : रवि


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोसी प्रदेशमा एमालेको सहयोगमा कांग्रेसले मुख्यमन्त्री पाएपछि महागठबन्धनले सार्थकता पाएको प्रतिक्रिया दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आगामी निर्वाचनसम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठबन्धन गर्न र चुनाव चिह्न पनि एउटै राख्न सुझाव दिएका छन् ।

उनले उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै  भएपछि सटर चाहिँ किन बेग्लाबेग्लै राख्नु भन्दै ढिला नगरी  ‘महागठबन्धनवादी मोर्चा’ को घोषणा सभा बारेपनि सुन्न पाइयोस् भनेका छन् । 

उनले गत उपनिर्वाचनमा आफू र डा. स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको ‘महागठबन्धन’ले आज कोशीमा सार्थकता पाएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १२ : ४० बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी