मुख्यमन्त्री कार्कीलाई गठबन्धनले समर्थन गर्छ : प्रधानमन्त्री « Khabarhub

मुख्यमन्त्री कार्कीलाई गठबन्धनले समर्थन गर्छ : प्रधानमन्त्री


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले समर्थन गर्ने बताएका छन् ।

शनिबार चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको भन्दै विश्वासको मत दिने बताएका हुन् । उनले कोशीको समस्या समाधान गरिएको र यसले गठबन्धनलाई बलियो बनाउने दावी गरे । 

शनिबार बिहान नै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, सोही पार्टीका अर्का नेता डा. शेखर कोइराला र आफूबीच सहमति भएको जानकारी दिँदै उनले गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने जिकिर गरे ।

त्यस्तै उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार लागिपरेको बताए । आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै अर्थतन्त्रलाई बिग्रन नदिन हरसम्भव प्रयास गरिरहेको उनको भनाइ छ

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ४ : २० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार