पाकिस्तानमा बन्दुकधारीले गरे ६ जना मजदुरको हत्या | Khabarhub Khabarhub

पाकिस्तानमा बन्दुकधारीले गरे ६ जना मजदुरको हत्या


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको अशान्त दक्षिण पश्चिम प्रान्त बलुचिस्तानमा बन्दुकधारीहरूले ६ जना निर्माण मजदुरको हत्या गरेका छन् । बन्दुकधारीहरूले रातको समयमा मजदुरहरूको गोली हानी हत्या गरेको पाकिस्तानी प्रहरीले शनिबार बताएको छ ।

उक्त प्रान्तको राजधानी क्वेटाबाट करिब तीन सय ७७ माइल दक्षिण पश्चिममा पर्ने तुर्बात सहरमा बन्दुकधारीले आठ जना निर्माण मजदुरमाथि गोली चलाएको प्रहरी अधिकारी हिदायातुल्लाह दास्तीले जानकारी दिए ।

उनका अनुसार घाइते दुई जनालाई अस्पताल पुर्‍याइएको छ । अधिकारीका अनुसार मजदुरहरू सहरको निजी निवास निर्माण परियोजनामा संलग्न रहेका  थिए । आक्रमणको तत्काल कुनै समूहले पनि जिम्मा नलिएको पनि उनले बताए ।

करिब दुई दशकदेखि केन्द्र सरकारबाट बलुचिस्तान लिबरेसन आर्मी र अन्य पृथकतावादी समूहहरूले स्वतन्त्रताको माग गरेसँगै बलुचिस्तान निम्नस्तरीय विद्रोह स्थल भएको छ । बलुचहरूले प्राय पञ्जाबका मानिसहरूलाई पनि निशाना बनाउँछन् । यसअघि पञ्जाबी र सिन्धीहरू मजदुरहरू निशानमा पर्थे ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ५ : ५५ बजे

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला

सिरहामा ३७ वटा भौतिक संरचनामा क्षति

सिरहा – जेनजी आन्दोलनका क्रममा जिल्लामा १२ स्थानीय तहका कार्यालयसहित

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं – नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी जेनजी