एक नेपालीलाई उद्धार गरी स्वदेश पठायो « Khabarhub

एक नेपालीलाई उद्धार गरी स्वदेश पठायो


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले एक नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । सुनसरी ३ बराहक्षेत्रका अनिल बिकलाई उद्धार गरी स्वदेश फर्काएको हो ।

बिक रोजगारीको सिलसिलामा युएईमा आई काम गर्ने क्रममा कम्पनीले समयमा तलब नदिने काम मात्र लगाउने र बस्नखानको समस्या समेत परेर ६ महिना देखि अलपत्र अवस्थामा रहेका थिए ।

केही समय पहिले देखि खाने बस्ने ब्यवस्था को लागि गणेश ढुङ्गानाले गरिदिँदै आएको, त्यस पश्चात उनलाई नेपाल पठाउने व्यवस्था स्वरुप आउटपास र हवाइ टिकट लागि एनआरएनए युएईले ब्यबस्था गरेपछि स्वदेश फर्काउन सफल भएको एनआरएनए उपाध्यक्ष तथा राहत उद्वार संयोजक भिम मल्ल ठकुरीले जानकारी दिए ।

उनलाई संस्थाका उपाध्यक्ष तथा राहत उद्वार संयोजक ठकुरीले विमानस्थलसम्म पुर्‍याए र उनी शनिबार बिहान हिमालय एयरलाइन्स मार्फत स्वदेश फर्किएको एनआरएनए युएई प्रवक्ता रुद्र थापाले बताए । 

पछिल्लो समय एनआरएनए यूएईको निर्वाचनबाट नयाँ टिम निर्वाचित भएर आएसँगै राहत तथा उद्धार समितिले आपतमा परेका नेपालीहरूलाई उद्धार गरी नेपाल फर्काउने कार्यलाई तीव्रता दिएको छ ।

यूएईमा गैरकानुनी रुपमा विभिन्न दलाल मार्फत भिजिट भिसामा जाने र त्यहाँ दलालले भने अनुसारको काम र तलब नपाउने तथा कतिपय नेपालीहरू त जाने बित्तिकै विमानस्थलमै अलपत्र पर्ने गरेका छन् ।

एनआरएनएले अनधिकृत रुपमा यूएई नआउन र आउनै परे नेपालबाट श्रम स्वीकृति लिएर वैधानिक तरिकाले मात्रै आउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ६ : ०२ बजे

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको