सहायक रथी अधिकारीलाई प्रधानसेनापति बनाउने प्रचार झुट हो : रक्षामन्त्री | Khabarhub Khabarhub

सहायक रथी अधिकारीलाई प्रधानसेनापति बनाउने प्रचार झुट हो : रक्षामन्त्री


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भ जोडेर गलत प्रचार गरिएको बताएका छन् । 

आज काठमाडौँमा आयोजित पत्रकार महासङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको स्पष्ट पारे । उनले अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदैछ भन्नेजस्ता भ्रम नछर्न पनि आग्रह गरे । 

प्रधानसेनापति हुन निश्चित मापदण्ड रहेको बताउँदै रक्षामन्त्री खड्काले सेनाको विधान बाहिर गएर सरकारले कुनै काम नगर्ने स्पष्ट पारे । उनले नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झुटो रहेको उल्लेख गर्दै नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड रहेको बताए ।

उपप्रधानमन्त्री खड्काले भने, ‘सहायक रथी यमप्रसाद अधिकारी १० वर्षअघि युद्धमा भएको मुलुकलाई शान्तिमा रूपान्तरण गर्ने दलहरूको सहमतिबाट तत्कालीन माओवादीका लडाकुहरूलाई नेपाली सेनामा केही सङ्ख्यामा समायोजन गर्ने सहमति अनुसार तोकिएको मापदण्ड, भएको सहमति, नेपाली सेनाको परम्परा, संस्थागत स्थिति, सम्बन्धित ऐन, नियमलाई प्रतिकुल असर नपर्ने गरी समायोजनको बन्दोबस्त गरियो । त्यो अघि बढ्यो । त्यही क्रममा यमप्रसाद अधिकारी २०७६ सालको सरकारले अतिरिक्त सहायक रथीको पद सिर्जना गरेर बढुवा गरेको थियो ।’

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १ : ०२ बजे

मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार

सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा (तस्बिरहरू)

काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सुनमा लगाइएको

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक