सौराहामा खुल्यो वनबास रिसोर्ट | Khabarhub Khabarhub

सौराहामा खुल्यो वनबास रिसोर्ट


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्रका सात वटा होटल बन्द भएको १२ वर्षपछि तिनै होटलको झल्को दिने गरी सौराहामा सिद्धार्थ भिलासा बनबास रिसोर्ट सञ्चालनमा ल्याइएको छ । वरिपरी जङ्गललले घेरिएको रिसोर्टभित्र पनि विभिन्न जातका रुख बिरुवाले निकुञ्जको झल्को दिने गर्दछ । 

रिसोर्ट छिर्ने जोकोहीलाई निकुञ्जभित्र पुगेको आभाष हुन्छ । सौराहाको बजारी क्षेत्रबाट केही पर खैरहनी नगरपालिका–१३ हर्नरीमा यो रिसोर्ट छ । वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताएका संरक्षणकर्मी स्थानीयवासी वासु ढुङ्गानाले नौ वर्षअघि रिसोर्ट निर्माण सुरु गर्नुभएको थियो । 

बन्दै गर्दा संविधानसभा सदस्य एवं व्यवसायी उमेश श्रेष्ठ पनि जोडिए। यससँगै नेपालमा हस्पिटालिटी क्षेत्रमा ख्याती कमाएको सिद्धार्थ ग्रुपसमेत यसमा जोडिएर रिसोर्ट सञ्चालनमा ल्याइएको हो । चितवन राष्ट्रिय निकुञ्ज स्थापना भन्दा पहिला खुलेको टाइगर टप्ससहित सात वटा होटल विसं २०६८मा बन्द भएपछि खर्चालु पर्यटक यहाँ आउने क्रम घटेकोमा  यस होटलले त्यस्ता पर्यटकलाई भित्र्याउन समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

सिद्धार्थ हस्पिटालिटीले आफ्नो लक्जरी ब्राण्ड सिद्धार्थ भिलासाको दोस्रो शाखाको रूपमा यो रिसोर्ट सञ्चालनमा ल्याएको सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताएका छन् । उनका अनुसार ग्रुपका होटल, रेष्टुरेन्ट, बेकरी क्याफे, होटल व्यवस्थापनजस्ता हस्पिटालिटी क्षेत्रमा ३० वटा शाखा सञ्चालनमा छन् । उनले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन यो होटल सहयोगी बन्ने बताए। रिसोर्ट निर्माणमा रु ४५ करोड खर्च भएको जानकारी दिँदै बनबास चितवन प्रालिका अध्यक्ष वासु ढङ्गानाले रिसोर्ट स्थापनासँगै देश तथा विदेशबाट बुकिङ गर्नेक्रम सुरू भएको बताए ।

तीन बिघा पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको यो रिसोर्ट कुमरोज र जन्कौली मध्यवर्ती सामुदायिक वन नजिक छ । यहाँ २४ भिल्ला र दुई स्वीटसहित ३४ सुविधायुक्त कोठा छन् । उनले भने ‘भिल्ला काठले बनेका, माटोले पोतिएका, खपटाले छाएका छन् । सम्पूर्ण भिल्लाको नामाकरण चाराको नामबाट राखिएको छ ।’ रिसोर्ट परिसरमा ठूलो ताल र स्विमिङ पुल पनि निर्माण गरिएको छ । 

पोखरीमा माछाका भुरा नियमित राखिन्छ । अध्यक्ष ढुङ्गानाले भने ‘त्यहाँ हुर्किएका माछा निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट चरा आएर खान्छन् ।’ रिसोर्ट परिसरमा विभिन्न प्रजातिका चराको बासस्थान देख्न सकिन्छ । विचरणका लागि पनि चरा टाढाटाढाबाट यहाँ आउने गर्दछन् । रिसोर्ट परिसरमा रोपिएका रुख पनि चराचुरुङ्गीले मन पराउने फलफलूलका बिरुवा रोपिएको छ ।

उनले भने ‘खुल्ला जङ्गलभित्र छुट्टाछुट्टै भिल्ला भएका कारण एक अर्का कसैला ई कुनै किसिमको असर गर्दैन ।’ त्यसैले यसलाई वनबासा नामाकरण गरिएको उनले बताएका छन् ।

रिसोर्टमा दुईवटा सभा कक्ष रहनाका साथै नजिकै रहेका सामुदायिक वनमा रमाउने जनावरको दृश्यावलोकन गर्न सकिने रेष्टुराँ पनि छ । यहाँ बस्न विदेशी पर्यटकले दुई रात, तीन दिनको प्याकेजका लागि २५० देखि चार सय डलरसम्म तिर्नुपर्छ । यो रकमबाट पर्यटकले हात्ती सफारीबाहेकका प्याकेज प्राप्त गर्न सक्छन् । आन्तरिक पर्यटक एक जोडीलाई रु दस हजारमा एक रात बसाइँ र ब्रेकफास्टको सुविधा रहेको अध्यक्ष ढुङ्गानाले जानकारी दिए। 

होटलका अर्का सञ्चालक श्रेष्ठले पर्यापर्यटनको क्षेत्रमा संरक्षणकर्मी ढुङ्गानाको यो अभियानलाई सफल बनाउन आफूहरु जोडिएको बताए । एक व्यक्तिले गर्न नसक्ने काम समूहबाट सम्भव हुने भन्दै उनले बनबास समूहमै सञ्चालनमा ल्याइएको बताए । 

नेपालमा पर्यटनको क्षेत्रमा प्रचुर सम्भावना रहेको भन्दै उहाँले देशभर सर्किट निर्माण गरेर होटल रेष्टुरेन्ट सञ्चालनमा ल्याउने अभियानमा आफू पनि जोडिएको उल्लेख गरे । राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा नेपालको पर्यटकीय महत्वको बारेमा व्यापक प्रचारप्रसार गरेर विदेशी पर्यटक भित्र्याउनुपर्नेमा जोड दिँदै उनले सरकारले नीतिमा परिवर्तन गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जनोड दिएका छन् । होटल आइतबार घटस्थापनाका दिन शुभारम्भ गरिएको थियो । 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १ : १६ बजे

जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जंगली च्याउ नखान आग्रह गरेको

आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै

भैरहवा– नेपाल आयल निगमले रूपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह

गृहमन्त्रीलाई फाइल खोल्न कसले रोकेको छ ? : विश्वप्रकाश

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ बन्ने सत्ता गठबनधनले

अवरुद्ध बेँसीसहर-चामे सडक खुल्यो

लमजुङ– अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मंगलबार साँझदेखि अवरुद्ध

सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, पर्यटक अलपत्र

ढोरपाटन– सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि