ग्रेटवालमा प्राचीन हतियार भण्डारको भग्नावशेष फेला « Khabarhub

ग्रेटवालमा प्राचीन हतियार भण्डारको भग्नावशेष फेला


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको बादलिङ ग्रेटवालको पश्चिमी भागमा अवस्थित एक भवनको भग्नावशेषबाट चिनियाँ पुरातत्वविद्हरूले प्राचीन ढुङ्गाको ग्रिनेड फेला पारेका छन् ।

पुरातत्वविद्हरूले ग्रेटवालको छेउमा रहेको उक्त भवन हतियार भण्डारण गर्ने गोदाम रहेको विश्वास गरेका छन् । “ग्रेटवालको छेउमा यस्तो हतियार भण्डारण गरेर राखिएको फेला परेको यो पहिलो पटक हो जसले हाम्रो यसअघिको धारणालाई बदलिदिएको छ”, नगरपालिका पुरातत्व संस्थाका अनुसन्धानकर्मी साङ हेङले भने ।

यसअघि पुरातत्वविद्हरूले चार सय वटा त्यस्तै किसिमका ढुङ्गे ग्रिनेड फेला पारेका थिए जुन प्राचीन ग्रिनेडको आदिम संस्करण थिए । मिङ वंश (सन् १३६८ देखि सन् १६४४ सम्म) को समयमा ग्रेटवालको सुरक्षा गर्न ती हतियारलाई सामान्य हतियार मानिएको थियो ।

“अविस्मरणीय देखिने यी ढुङ्गाहरूमा बारुद भर्नका लागि बीच भागमा गोलो प्वाल बनाइएको छ, बारुद भरेपछि त्यसलाई बन्द गरेर बाहिर फ्याँक्न सकिन्छ जसले शत्रुलाई मार मात्र हान्दैन शत्रुलाई पराजित गर्न विस्फोट पनि गराउन सक्छ”, साङले भने ।

ग्रेटवालका टावरहरूमाथि शत्रुलाई पराजित गर्न भाँडा, थाल, कचौरा, कैँची, बेल्चा जस्ता भाँडाकुँडासँगै अग्निकुण्ड र स्टोभ पनि राखिएका छन् जसले मिङ वंशमा सीमा रक्षकहरूको दैनिक जीवनलाई झल्काउँछ । उत्खननका क्रममा ढुङ्गाको किल्लासहित सीमा सुरक्षाका लागि अन्य सामग्रीहरू पनि फेला परेका थिए । ग्रेटवालमा धेरै अन्तरसम्बन्धित पर्खालहरू छन् ।

कुनै त दुई हजार वर्ष अघिका पनि छन् । अहिलेको ग्रेटवालको लम्बाई २१ हजार किलोमिटर रहेको छ । सन् २००० देखि २०२२ सम्ममा बेइजिङमा एक सय १० वटाभन्दा बढी ग्रेटवाल संरक्षण परियोजना सम्पन्न भएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ७ : १० बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित