कोशीमा नयाँ सरकार गठनको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने कांग्रेस महामन्त्रीद्वयको भनाइ « Khabarhub

कोशीमा नयाँ सरकार गठनको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने कांग्रेस महामन्त्रीद्वयको भनाइ


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कोशीमा नयाँ सरकार गठनको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन् ।

सोमबार कोशी प्रदेशको घटना क्रमका विषयमा पार्टी सभापति देउवाले बोलाएको छलफलका क्रममा थापा र शर्माले कोशी प्रदेशमा भएको दुर्घटनाको आत्मसमीक्षा गर्दै त्यसको जिम्मेवारी सभापतिले लिनुपर्ने बताएका हुन् ।

छलफलका क्रममा कोशी प्रदेशको पछिल्लो राजनीतिक अवस्थामा बारेमा छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । कोशीमा एमालेसँगको गठबन्धनमा सरकार बन्नुपर्छ भन्नेमा महामन्त्रीद्वयको यसअघि नै धारणा रहेको उनले बताए ।

उनले यसअघि एमालेको मुख्यमन्त्रीलाई नै सहयोग गर्नुपर्छ भन्ने आफुहरुको सुझाव नमान्दा अहिलेको अवस्था आएको जिकिर गरे । माओवादीका नेता इन्द्र आङ्वोलाई कोशीको मुख्यमन्त्रीमा सभापतिले प्रस्ताव गर्दा नै आफूहरुको असहमति गरेको उनको भनाइ छ ।

शर्माले प्रधानमन्त्री प्रचण्ड, देउवा र शेखर कोइरालाबीच सहमतिलाई चिर्कटो भएको भन्दै त्यसमा पनि दुई महामन्त्रीको सहमति नरहेको स्पष्ट पारे ।

कोशीको घटनाक्रमपछि आफ्नो निर्णयको बारेमा सभापति देउवाले आत्मसमिक्षा गर्नुपर्ने उनले बताए । घटनापछि अहिलेको मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिनुपर्ने मत रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ७ : ४५ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै