नेपालमा दलाल पुँजीपति वर्ग हावी भइरहेका छन् : अध्यक्ष बिजुक्छे « Khabarhub

नेपालमा दलाल पुँजीपति वर्ग हावी भइरहेका छन् : अध्यक्ष बिजुक्छे


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भक्तपु – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशमा विदेशी दलाल पुँजीपति वर्गको हावी भइरहेको बताएका छन्।

भक्तपुर ट्रक व्यवसायी सङ्घ (रुपान्तरित) भक्तपुर ट्रक व्यवसायी प्रालिको २२, २३ र २४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले मुलुकको आर्थिक विकासका लागि राष्ट्रिय पुँजीपति वर्ग मिलेर विदेशी दलाल पुँजीपति वर्गको विरोधमा सङ्घर्ष गर्नु आवश्यक भएको बताए ।

उनले हातहतियार बोक्ने मान्छेजस्तै सवारीसाधन भएका मानिस पनि सचेत हुनुपर्ने बताउँदै सरकारले सवारी चालकलाई लाइसेन्स दिने बेला ध्यान दिनुपर्ने, राजमार्गभन्दा १५–२० मिटर टाढा बस्ती बसाल्नुपर्ने र सवारीसाधन खरिद गर्नुअघि ग्यारेजको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

देशको नीति निर्माण गर्ने थलो संसद् राम्रो नभएसम्म देशको अवस्था राम्रो नहुने बताउँदै उनले सदनमा व्यवसायी पुग्न सके सम्बन्धित व्यवसायको हितमा ऐन कानुन निर्माण गर्न सहज हुने तथा देशलाई माया गर्ने र देशको हितमा काम गर्ने कर्मचारीहरूको बाहुल्यता भए देशको विकास छिटो हुने बताए ।

पार्किङको लागि भक्तपुर नगरपालिकाले ठाउँठाउँमा ग्यारेज निर्माण गर्नुपर्ने बताउँदै उनले सरकारले एउटै देशको सवारीसाधन खरिद गर्न बन्द गर्नुपर्ने र विदेशी बैङ्कमा पैसा राख्न नहुने धारणा राखे ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १० : १३ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष