प्रदेश सरकारको एक वर्ष, चार प्रदेशले नामै राख्न सकेनन् « Khabarhub

प्रदेश सरकारको एक वर्ष, चार प्रदेशले नामै राख्न सकेनन्


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संघीय संरचनामा प्रवेश गरेको देश नेपालमा प्रदेश सरकार सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । यो एक वर्षमा ३ प्रदेशले आफ्नो नामाकरण गर्न सफल भए भने, बाँकी ४ प्रदेशले एक वर्षमा आफ्नो नाम पनि जुराउन सकेका छैनन्।

नयाँ पत्रिकाले प्रदेश सरकारको एक वर्ष शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । प्रदेश १ सरकारका योजना धेरै काम थोरै, प्रदेश २ सरकारको प्राथमिकतामा छोरीलाई शिक्षा, प्रदेश ३ भौतिक पूर्वाधार विकासमा सक्रिय, गण्डकी प्रदेशले खानेपानी समस्या समाधानका लागि काम गरिरहेको छ ।

त्यस्तै प्रदेश ५ ले ५२ स्थानमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरेको छ । कर्णाली प्र्रदेशले ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार कार्यक्रम सञ्चालन गरेको छ भने सुदूरपश्चिम प्रदेशले दुर्गमका बिरामीलाई एयरलिफ्ट सेवा सञ्चालनमा ल्याएको छ ।

साना दलले उल्लेख्य प्रगति गर्न नसकेर ‘घिसिँदै’ को अवस्थामा रहेको, नेविसंघको ४८ वर्षमा ११ महाधिवेशन, १८ सभापति शीर्षकका समाचारलाई प्राथमिकताका साथ छापेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ६ : ३३ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।