विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । 

कैलालीको टीकापुर नगरपालिका-१ बनगाऊस्थित सडकबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय महादेव आले मगरलाई प्रहरीले पक्राउ गरेको छ  । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले  उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट एमफेटामाईन (आईस) जस्तो देखिने ३७ ग्राम ५० मिलिग्राम लागूऔषधसहित गोरखा शहिद लखन गाउँपालिका(३ बस्ने ३५ वर्षीय हिरा बहादुर नेपाली समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कस्कीबाट खटिएको प्रहरीले प्रदेश १-०१००१ ख ३४३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बस चालक नेपाली समेत उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

पर्साको पर्सागढी नगरपालिका-१ स्थितबाट अवैध लागूऔषध गाँजाको धूलो करिब ४ केजी ६ सय ८३ ग्रामसहित पटेर्वा सुगौली गाउँपालिका-४ देउरिया बस्ने ४० वर्षीय बृज किशोर थारूलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वाबाट खटिएको प्रहरीले ना.१ ह ८० नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : ०१ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत