कोसी प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने  | Khabarhub Khabarhub

कोसी प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने 


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोसी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिन लागेका छन् । 

गठबन्धनबाट विद्रोह गरेका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बनेका हुन्। उनले आइतबार पद तथा गोपनीयताको सपथ लिए । 

गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै विश्वासको मत लिन लागेका हुन् । 

अहिले सत्ता गठबन्धनले कार्की आफ्नै मुख्यमन्त्री भएको बताउँदै आएको छ। एमालेले आफ्नो समर्थनमा उनी मुख्यमन्त्री बनेको बताइरहेको छ। गठबन्धन र एमालेको दबाबका कारण कार्कीले तत्कालै प्रदेशसभाबाट विश्वासको मत लिन खोजेको उनी निकट स्रोतले बतायो। 

कार्कीलाई गठबन्धनले आफ्नै मुख्यमन्त्रीका रूपमा स्वीकार गरेको छ। गठबन्धन कायम राख्न पनि कार्कीमाथि दबाब बढेको छ। त्यस्तै एमालेले आफूहरूसँग भएको सहमतिका आधारमा मात्र अगाडि बढ्न दबाब दिएको छ। 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ७ : ०२ बजे

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

गाजा – इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा सन् २०२३

मनसुनजन्य विपदमा परी सुदूरपश्चिममा पाँचको मृत्यु, दुई बेपत्ता

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखिको वर्षासँगै बाढी, डुबान र

वातावरणका लागि हरित ऊर्जा विस्तारसम्बन्धी नीतिगत संवाद

काठमाडौं– वातावरणका लागि हरित ऊर्जा विस्तारसम्बन्धी नीतिगत संवाद कार्यक्रम सम्पन्न

बाढी पहिराका कारण १९ राजमार्ग अवरुद्ध

काठमाडौं – भारी वर्षापछिको बाढीपहिरालगायत विपद्का कारण मुलुकका विभिन्न १९

बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय