पर्वतमा वर्षा र हावाहुरीले धानबालीमा क्षति « Khabarhub

पर्वतमा वर्षा र हावाहुरीले धानबालीमा क्षति


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

पर्वत– मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण पर्वतमा धानबालीमा क्षति पुगेको छ । सोमबार र मङ्गलबारको वर्षा तथा हावाहुरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो । केही स्थानमा धान ढलेर सोत्तर बनेको कृषकले गुनासो गरेका छन् । 

पर्वतको कुश्मा, फलेवास, विहादी, जलजला, पैँयु र मोदीका विभिन्न वडामा लगाइएको धानबालीमा हावाहुरी र असिनाले क्षति पुर्‍याएको छ । कतिपय ठाउँमा सामान्य असिनासमेत परेर धान झारेको कुश्मा नगरपालिका–८ चुवाका कृषक रुद्रप्रसाद शर्माले जानकारी दिए । पाक्न थालेको धान हावा र पानीले पूरै सोत्तर बनाएको उनको गुनासो छ । 

त्यसैगरी, कुश्मा वडा नं १ पाङको फाँट, वडा नंंज्ञादीको फाँट, कुर्घा र बर्राचौरको फाँटमा समेत धान पूरै ढलाएको छ । यस्तो बेलामा धान ढल्दा फल राम्रोसँग नलाग्ने कृषि प्राविधिकहरूले बताएका छन् । फल लाग्ने बेलामा धान ढल्दा राम्रोसँग नपाक्ने, गेडा पुष्ट नहुने र उत्पादनमा समेत ह्रास आउने कुश्मा नगरपालिकाका कृषि शाखाप्रमुख बलबहादुर जिटीले जानकारी दिए।

कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले वर्षा, असिना र हावाहुरीले धानबालीमा पुर्‍याएको क्षतिबारे विवरण संकलन भइरहेको जानकारी दिए। उनले सातवटै पालिकाबाट धानबालीमा पुगेको असरका बारेमा विवरण संकलनको काम भइरहेको बताए। 

‘हामी पनि अनुगमनमा पुगेका थियौ’, अधिकारीले भने, ‘धान धेरैजसो ढलेको छ, तर बाक्लो असिना नपरेका कारण ठूलो क्षति हुन भने पाएन ।’ क्षतिको विवरण हेरेर क्षतिपूर्तिका लागि पहल गरिने अधिकारीले बताए । 

जिल्लाका उच्च पहाडी भेगमा भने धान पाकेर पहेँलपुर भइसकेको छ । कृषक दसैँको छेको पारेर धान थन्क्याउने तयारीमा रहेका छन् । पर्वतको मुख्य बालीका रुपमा धानबाली हो । जिल्लाको झन्डै नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  २ : ३९ बजे

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

बागमती– साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७

करेन्ट लागेका बालकलाई प्राधिकरणले दियो १५ लाख ७१ हजार क्षतिपूर्ति

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा

स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्यांकर इरानी नियन्त्रणमा

एजेन्सी– इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आइआरजिसी) ले तीन वटा

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी

सांघाई एआई सम्मेलन : टेबल टेनिस खेल्नेदेखि चिया बनाउनेसम्म रोबोट आकर्षणको केन्द्र

सांघाई– चीनको पूर्वी सहर सांघाईमा २०२६ विश्व कृत्रिम बुद्धिमत्ता (एआई)