गौशालामा दुई प्रहरी घुससहित पक्राउ « Khabarhub

गौशालामा दुई प्रहरी घुससहित पक्राउ


९ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भन्दै घुस लिने दुई जना प्रहरी घुससहित पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षकद्वय रमेश बहादुर पाण्डे र राजु स्वर्णकार घुस रकम सहित पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी बृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षकद्वय रमेश बहादुर पाण्डे र राजु स्वर्णकारले सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले सई पाण्डे र स्वर्णकारलाई पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीबाट अठार हजार घुस वापतको रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नं. ८ स्थित मिथिला काबेली यातायात सेवा प्रा.लि. र अनलाइन डिलक्सको टिकट काउन्टरको अफिस अगाडिको सार्वजनिक सडक किनाराबाट उक्त रकम सहित अख्तियारले नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहिबार  २ : ०४ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयहरूमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६