नेपालको मौलिक विविधतालाई सम्मान गर्दै एकता खोज्नुपर्छ : अध्यक्ष ओली « Khabarhub

नेपालको मौलिक विविधतालाई सम्मान गर्दै एकता खोज्नुपर्छ : अध्यक्ष ओली


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको मौलिक विविधतालाई सम्मान गर्दै त्यसभित्र एकता खोज्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले नेपालको आफ्नै विविधता रहेको भन्दै आफ्ने विविधतालाई सम्मान गर्दै एकता खोज्नुपर्ने बताएका हुन् ।

उनले विविधतालाई विभेदको कुरा बनाएर समाजमा समाजमा पक्षपात हुन नहुने र समााजिक सद्भावमा आधारित राष्ट्रिय एकता बनाउनुपर्ने धारणा राखे । ओलीले मुलुकको आफ्नै विविधता भएपनि केही आयातित विविधता थोपर्न खोजिएकाले सतर्क हुनुपर्ने उल्लेख गरे । मुलुकको एकता बिथोल्न जनतालाई मुर्ख बनाउने प्रयास हुने गरेको भन्दै सजक भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले नेपाल शान्तिको पक्षमा रहेको र राष्ट्र अप्ठेरोमा परे ज्यान आहुती दिन तयार रहेको बताए । उनले समाज विकृत गैर जिम्मेवार भइरहेको अवस्थामा जिम्मेवार र अनुशासीत बनाउने काम गर्न सुझाव दिए ।

 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ७ : ०० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल