जनताबाट अलग भएर रुपान्तरणका काम गर्न सकिँदैन : उपाध्यक्ष भुसाल | Khabarhub Khabarhub

जनताबाट अलग भएर रुपान्तरणका काम गर्न सकिँदैन : उपाध्यक्ष भुसाल


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वमन्त्री पम्फा भुसालले जनताबाट अलग भएर रुपान्तरणका काम गर्न नसकिने बताएकी छिन् । पार्टीको ललितपुर महानगर कमिटीले विजया दशमी, नेपाल संवत्, शुभ दीपालवी तथा छठ पर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले समाज विकासको क्रमसँगै मानिसमा विकास भएको चेतनाका आधारमा विभिन्न सांस्कृतिक परम्परा सिर्जना भएको बताइन् ।

उनले समाजको अगुवामा समयसापेक्ष रूपमा जनताको चाहानाअनुसार नेतृत्व गर्ने चिन्तन, व्यवहार र रुपान्तरण आवश्यक रहेकामा जोड दिइन् । “समाजलाई साथमा लिएर अगुवाइ गर्दै परिवर्तनको काम गर्नुपर्ने आवश्यकता छ, हामीले प्राप्त उपलब्धि, सामना गरेका चुनौतीहरूलाई आत्मसान गर्दै रुपान्तरणका लागि सुझाव ल्याउनुपर्ने छ, यसका लागि जनताबाट अलग भएर रुपान्तरणका काम गर्न सकिँदैन, पार्टीको रुपान्तरणका लागि हामीले अभियानलाई परिमार्जन गरेर जानुपर्ने हुन्छ, हामी पहिला आफू रुपान्तरण हुने र अनि पार्टीलाई रुपान्तरण गर्ने यात्रामा लागेका छौँ”, उपाध्यक्ष भुसालले भनिन् ।

उनले नियमित रूपमा समितिका बैठक बसेर समस्याको पहिचान गर्दै इतिहासको विरासतलाई वर्तमानसँग जोडेर भविष्यको निर्माण गर्ने गरी नयाँ पार्टी निर्माण गर्न निरन्तरता र गुणात्मकता कायम गर्ने गरी रुपान्तरणको अभियानमा लाग्न आग्रह गरिन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले विजया दशमी, नेपाल संवत्, शुभ दीपालवी तथा छठ पर्व एउटा जात वा वर्ग विशेषको मात्रै चाड पर्व नभएको धारणा राखे ।

“यी पर्वहरू एउटा जात वा वर्ग विशेषको मात्रै चाड पर्व हैन, सबैको हो, तसर्थ यी पर्वहरूलाई किसान, श्रमिकको सम्मान गर्ने, कामको सम्मान गर्ने पर्वका रूपमा हामीले विकास गर्नुपर्छ, हिजो बेठीक भएका कुराहरूलाई भत्काउने, ठीक भएकालाई बनाउने काम यो चाडले दिनेछ”, उनले भने । माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि दाहालले तीन महिने अभियानले पार्टीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । उनले जनताले माग गरेको रुपान्तरणलाई सम्बोधन गर्न पार्टीलाई पनि रुपान्तरण गरेर जानु आवश्यक रहेको धारणा राखे ।

चाडपर्वले भेटघाटको वातावरण बनाउने हुँदा पार्टीको पुनःनिर्माणका लागि पुराना व्यक्तिहरूलाई ऊर्जाशील बनाउन लाग्नुपर्ने र तत्कालीन जनमुक्ति सेनाका पूर्वलडाकुलाई पनि पार्टीमा क्रियाशील बनाइनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा केन्द्रीय सदस्य राजकाजी महर्जन, बागमती प्रदेश अध्यक्ष सरल सहयात्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ७ : ३७ बजे

‘भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक’ 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा

भारतले भन्यो- एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबी झूठो

काठमाडौं- आफ्नो एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी

वनलाई आयआर्जनसँग जोड्नुपर्छ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आयआर्जनसँग जोड्नुपर्ने

द्वन्द्वका कारण भारतका दर्जनौं विमानस्थल बन्द

एजेन्सी– पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र

गौतमबुद्धका दर्शनको उपयोग गर्न आवश्यक : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा